७ जेष्ठ २०८१, सोमबार

अनेसासको केन्द्रीय समिति चयन गर्न निर्वाचन समिति गठन

कोलोराडोखबर संवाददाता , May 8th, 2024

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को सन् २०२४-२०२६ को लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न निर्वाचन समिति गठन भएको छ ।

गत अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा बसेको बैठकले पत्रकार तथा साहित्यकार गुणराज लुइटेलको संयोजकत्वमा डा. चूडामणि खनाल र डा. कविता घिमिरे सदस्य रहेको निर्वाचन समिति गठन गरेको हो ।

विश्वमा पाँचवटा महादेशमा फैलिएको अनेसासका २४ सय आजीवन सदस्य रहेका छन् । भानुजयन्तीको सन्दर्भ पारेर नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिने कार्ययोजनासहित निर्वाचन गरिने अध्यक्ष गोवर्द्धन पूजाले बताए ।

निर्वाचनले अध्यक्ष र वरिष्ठ उपाध्यक्ष, प्रत्येक महादेशबाट १–१ जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य निर्वाचित गर्नेछ । दुई जना सदस्य केन्द्रीय समितिले मनोनयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्