७ जेष्ठ २०८१, सोमबार

बुधबार वैशाख कृष्ण औँसी, अर्थात् आमाको मुख हेर्ने दिन

कोलोराडोखबर संवाददाता , May 8th, 2024

नेपाल । बुधबार वैशाख कृष्ण औँसी, अर्थात् आमाको मुख हेर्ने दिन । नेपाली संस्कृतिमा यो दिन मातातीर्थ औँसीका नामले परिचित छ ।

दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ।

छोराछोरीले आज बिहानै उठी स्नान गरी आमालाई मनपर्ने खानेकुरा खुवाउने, लुगाफाटोलगायत उपहार दिने र उनीसँग आशीर्वाद थाप्ने परम्परा छ। आमा नभएकाले भने तर्पण वा श्राद्ध गरेर उनको सम्झना गर्छन्।

प्रतिक्रिया दिनुहोस्