७ जेष्ठ २०८१, सोमबार

सुनकोशी-मरिण डाइभर्सन सुरुङको ब्रेक थ्रू

कोलोराडोखबर संवाददाता , May 9th, 2024

नेपाल । बुधबार राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी–मरिण डाइभर्सन सुरुङको ब्रेक थ्रू गरिएको छ ।

सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको डाइभर्सनमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्वीच थिचेर सुरुङको ब्रेक थ्रू गरिएको हो ।

२०७९ असोजबाट सुरुङ खन्ने कामको सुरुवात भएको यो आयोजनाले सुनकोशीको पानीलाई मधेश प्रदेशका पाँच जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाइ पुर्‍याउने छ ।

तराईका धनुषा, महोत्तरी, सर्लाही र बारामा करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने प्राविधिकहरूले बताएका छन् ।

३१.७ मेगावाट विद्युत् पनि उत्पादन गर्ने लक्ष्य समेत रहेको गुरुयोजनाअनुसार १३.२ किलोमिटर सुरुङमार्फत ६७ क्विक मिटर सेकेन्डले सुनकोशी नदीको पानी मरिण नदीमा पुर्‍याइने छ।

यो योजनालाई उनले मधेश प्रदेशको समुन्नतिको प्रमुख आधारशीला भनेर व्याख्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्