७ जेष्ठ २०८१, सोमबार

एमालेमा फर्कने बामदेव गौतमको इच्छा  !

कोलोराडोखबर संवाददाता , May 7th, 2024

नेपाल । नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफू एमालेमा फर्कन तयार रहेको इच्छा व्यक्त गरेका छन् ।

सोमवार राजनीतिज्ञ सिद्धीनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचनका लागि अध्यक्ष केपी ओलीसँगै एमाले मुख्यालय च्यासल पुगेका उनले आफूलाई नमर्दासम्म काम गर्ने अवसर दिन आग्रह गरे ।

गौतमले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष ओलीलाई दबाब दिन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्