७ जेष्ठ २०८१, सोमबार

ताजा समाचार

सगरमाथा दिवसको अवसरमा अमेरिकाको अलास्कामा पर्वतीय खाना महोत्सव हुने

सगरमाथा दिवसको अवसरमा अमेरिकाको अलास्कामा पर्वतीय खाना महोत्सव हुने

अमेरिका (न्यूयोर्क) । नेपाली खानालाई अन्तराष्ट्रियस्तरमा प्रबर्धन गर्ने उद्देश्यले अमेरिकाको अलास्कामा पहिलो पटक ‘सात महादेशिय पर्वतीय खाना महोत्सव २०२४’ हुने भएको छ । अन्तराष्ट्रिय सगरमाथा दिवश मे २९ तारिखको अबसरमा अलास्काको एन्करेजमा रहेको मण्डला रेष्टुरेण्टमा सो कार्यक्रम हुन लागेको हो । विहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म सो खाना महोत्सव हुनेछ । ‘सातै महादेशमा नेपाली खाना, हामी सबैको चाहना’ भन्ने अभियानका साथ ग्यास्ट्रोनोमि टुरिजम एसोसियसन अफ नेपाल र यात्रा ग्रुप न्यूयोर्कको संयुक्त आयोजनामा सो महोत्सव हुन लागेको हो । पर्वतीय क्षेत्रका परिकार ढिडो, गुन्द्रुक, मःम , शेर्पा समुदायमा प्रख्यात थेन्दूक रिल्दोक, नून चिया, नेपाली थालीलगायतका खाना सो महोत्सवमा प्रदर्शन गरिने छ । अमेरिकाका भर्जिनिया राज्यका कहलिएका रेण्टुरेण्ट व्यबसाय एवं क्लुनरी आर्टिस्ट राम थापा र प्रख्यात फूड गुरु सुरे...
अमेरिकाको कोलोराडोमा हुने इन्टर स्टेट ‘टीपीएलए कप २०२४’ का लागि टिम दर्ता खुला

अमेरिकाको कोलोराडोमा हुने इन्टर स्टेट ‘टीपीएलए कप २०२४’ का लागि टिम दर्ता खुला

कोलोराडो । तमु प्ये ल्हु अमेरिकाको आयोजना तथा एनआरएनए कोलोराडो च्याप्टर र कोलोराडो नेपाली युथ क्लब (सीएनवाईसी) को सहआयोजनामा हुन लागेको अन्तरराज्य स्तरीय (इन्टर स्टेट) टीपीएलए कप २०२४ पुरुष भलिबल प्रतियोगिताका लागि टिम दर्ता खुला भएको छ । अमेरिकाको कोलोराडोमा नेपाली समुदायका बीचमा जुन २९ र ३० तारिख (शनिबार र आइतबार) का दिन पहिलो पटक अन्तरराज्य स्तरीय (इन्टर स्टेट) पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथम हुने टिमलाई ७ हजार र द्वितीय हुने टिमलाई ४ हजार डलर पुरस्कारको व्यवस्था गरिएको छ । साथै अन्य विभिन्न विधामा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरुलाई अवार्डको व्यवस्था गरिएको छ । एनआरएनए कोलोराडो च्याप्टरका युवा संयोजक तथा उक्त प्रतियोगिताका इभेन्ट को–अर्डिनेटर चन्द्र गुरुङका अनुसार प्रतियोगितामा २० भन्दा बढी टिमको सहभागिता रहने आंकलन गरिएको छ । इच्छुक सहयोगीदाताहरुले प्र...
नेपालले अमेरिका र क्यानडासँग आईसिसी टी-२० विश्वकप अघि वार्म-अप खेल खेल्दै

नेपालले अमेरिका र क्यानडासँग आईसिसी टी-२० विश्वकप अघि वार्म-अप खेल खेल्दै

अमेरिका । अमेरिकाको टेकसासस्थिर ग्रान्ड प्रेरी क्रिकेट मैदानमा नेपालले अमेरिका र क्यानडासँग आईसिसी टी-२० विश्वकप अघि वार्म-अप खेल खेल्ने भएको छ । नेपालले २७ मे मा क्यानडा विरुद्ध र ३० मे मा अमेरिकाको सामना गर्नेछ । नेपालले सोही मैदानमा नेदरल्याण्ड्सविरुद्ध विश्वकप अन्तर्गतको खेल समेत खेल्दैछ ।  ...
वर्षाले खेल रोकिंदा सनराईजर्स हैदराबाद प्लेअफमा पुग्ने तेस्रो टोली

वर्षाले खेल रोकिंदा सनराईजर्स हैदराबाद प्लेअफमा पुग्ने तेस्रो टोली

नेपाल । बिहीबार वर्षाका कारण टस नै नभई रद्ध भएपछि सनराईजर्स हैदराबाद जारी इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ। तेस्रो स्थानमा रहेको हैदराबाद १३ खेलमा १५ अंक भएको छ । दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको १३ खेलमा १६ अंक रहेको छ । यी दुई टोली शीर्ष दुईमा रहँदै फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने दाउमा रहेका छन् । कललकता यसअघि नै १३ खेलमा १९ अंक सहित शीर्ष दुईमा रहने पक्का भइसकेको छ । उता गुजरात भने यस खेल अघि नै बाहिरिसकेको थियो । गुजरातले १४ खेलमा १२ अंक बटुल्दै यस सिजनको समाप्ती गरेको छ । आईपीएलमा आज मुम्बई इंडियन्स र लखनउ सुपर जाएन्ट्स भिड्ने छन् ।...
नेपाली कांग्रेसले असंसदीय व्यवहार देखायोः एमाले

नेपाली कांग्रेसले असंसदीय व्यवहार देखायोः एमाले

नेपाल । बिहीबार प्रतिनिधि सभामा भएको अप्रिय घटनाबारे नेकपा एमालेले प्रतिपक्षी दल नेपाली कांग्रेसले असंसदीय व्यवहार गरेको आरोप लगाएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय अरजकता मच्याएको आरोप लगाउदै संसदलाई मुठभेडको थलो नबनाउन आग्रह गर्नुभयो । उहाँले कांग्रेसले संसदमा आफ्नो कुरा लादिरहने र अरुको कुरा नसुन्ने बाटोमा हिँडिरहेको आरोप लगाउनुभयो । उहाँले कांग्रेसले संसद अवरोध गरिरहे बैठक अगाडि बढ्ने दाबी गर्दै संसदलाई बन्धक बनाउन नमिल्ने बताउनुभयो । ...
संसदभित्र अप्रिय स्थिति सिर्जना भएको जिम्मेवारी सभामुखले लिनुपर्छः गगन थापा

संसदभित्र अप्रिय स्थिति सिर्जना भएको जिम्मेवारी सभामुखले लिनुपर्छः गगन थापा

नेपाल । प्रतिनिधि सभाको बिहीबारको बैठक पनि नेपाली काँग्रेसका सांसदको अवरोधका कारण स्थगित भएको छ । बिहीबारको बैठकमा काँग्रेस सांसद र सत्तारुढ नेकपा एमालेका सांसदहरुबीच झण्डै हात हालाहालको स्थिति सिर्जना भएको थियो । काँग्रेसको अवरोधकै बीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि स्थिति तनावपूर्ण बनेको थियो । स्थितिले अर्कै मोड लिनसक्ने आशंका बढेपछि सभामुखले शुक्रबार ११ बजे बस्ने गरी बैठक स्थगित गरे । यता, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदभित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै त्यसको जिम्मेवारी सभामुखले लिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकपछि पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले संसदभित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै सभामुखको कारण त्यस्तो स्थिति आएको बताएका हुन् । उनले सभामुखले सत्तारुढ दलका तीन पार्टीका अध्यक्षहरुसँग परामर्श गर...
गायक रवि ओड ५ लाख धरौटीमा रिहा

गायक रवि ओड ५ लाख धरौटीमा रिहा

नेपाल । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका ओड कञ्चनपुर जिल्ला अदालतको आदेशपछि ५ लाख धरौटीमा विहीबार साँझ रिहा भएका हुन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए । प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो । ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।...
नेपालमा सुनको भाउमा नयाँ रेकर्ड, तोलाकै १ लाख ४० हजार !

नेपालमा सुनको भाउमा नयाँ रेकर्ड, तोलाकै १ लाख ४० हजार !

नेपाल । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार प्रतितोला १६ सय रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो । नेपाली बजारमा बिहीबार छापावाला सुनको भाउ १ लाख ४० हजार रुपैयाँमा कारोबार भयो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुन १ लाख ३९ हजार ३५० रुपैयाँमा कारोबार भने चाँदीको प्रतितोला १ हजार ८०५ रुपैयाँमा कारोबार भएको छ ।...
क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ, अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप खेल्न बाटो खुला

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ, अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप खेल्न बाटो खुला

अमेरिका । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएसँगै आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुन लागिरहेको ट्वान्टी–२० विश्वकप खेल्न बाटो खुलेको छ । बुधबार जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपमाथि भएको निलम्बन फुवुका भएको जनाएको छ । ‘सम्मानित उच्च अदालत पाटनको बुधबारको फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्...
नेकपा एसमा २१ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव

नेकपा एसमा २१ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव

नेपाल । आगामी महाधिवेशनमा नेकपा (एकीकृत समाजवादी) ले २१ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गरेको छ । वरिष्ठ नेतासहित उपाध्यक्ष र सचिव ७–७ जना हुनेछन् । उपमहासचिव ४ जना बनाउने प्रस्ताव गरिएको छ । अहिले एकीकृत समाजवादीमा तीन जना उपमहासचिव छन् । तर विधान संशोधन गरी थप एक जना उपमहासचिव थप गर्ने प्रस्ताव गरिएको छ । यसरी अध्यक्ष र महासचिव जोड्दा २१ सदस्य हुनेछ । अहिले अभ्यासमा रहेको सम्मानित नेताको व्यवस्था भने हटाइएको छ । तीन सयको हाराहारीमा केन्द्रीय समितिको सङ्ख्या चाहिँ घटाउने प्रस्ताव गरिएको छ । संशोधित विधान बमोजिम १९९ सदस्यीय केन्द्रीय समिति हुनेछ भने २५ सदस्यीय स्थायी कमिटी बन्नेछ ।...