७ जेष्ठ २०८१, सोमबार

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा सुधार

कोलोराडोखबर संवाददाता , May 8th, 2024

नेपाल । रामेछाप जाने क्रममा स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर मार्फत उनलाई काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको स्वास्थ्यमा सुधार आएको छ ।

अक्सिजन लेभल कम भएपछि बिमारी परेका उनको अहिले अवस्था सामान्य रहेको छ । उच्च रक्तचापको समस्याले अक्सिजन लेभलमा कमी आएको चिकित्सकहरुले बताएका छन् ।

मंगलबार रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि मुख्यमन्त्री जम्कट्टेललाई बीच बाटोबाटै काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्