७ जेष्ठ २०८१, सोमबार

मुम्बई इण्डियन्सद्वारा सनराइजर्स हैदराबाद ७ विकेटले

कोलोराडोखबर संवाददाता , May 7th, 2024

नेपाल । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबारको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ।

हैदरावादले दिएको १७४ रनको लक्ष्य मुम्बईले १७ दबमलब २ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो । मुम्बईको जीतमा सूर्यकुमार यादवले शतकीय पारी खेल्दै १०२ रनको अविजित इनिङ खेले ।

टस हारेर पहिले ब्याटिङमा तानिएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

प्रतियोगितामा मंगलबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्