नेपाल । नेपाली कांग्रेसले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिका लगायत विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक मंगलबार बस्दैछ ।
बैठक यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनमा केन्द्रित रहने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने सहकारी अनियमिततामा संलग्न रहेको आरोप लगाउँदै कांग्रेसले छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्