२० बैशाख २०८३, आईतवार

राजनीति/समाज

सिन्धुलीको नेपाल एसबीआई बैंकबाट ३ करोड बढी लुटपाट

सिन्धुलीको नेपाल एसबीआई बैंकबाट ३ करोड बढी लुटपाट

नेपाल । नकाबधारी समूहले सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंकमा लुटपाट गरेको छ । मंगलबार साँझ ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर ६ जनाको समूहमा रहेको नकावधारी समूह फरार भएको हो । मंगलबार साँझ ७ बजेको समयमा काभ्रेको बनेपाबाट गएको नकावधारी समूहले बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर सेफमा भएको रकम लुटेको हो । घटना लगत्तै प्रहरीले खोजतलास गर्दा नजिकै रहेको जंगलबाट १ करोड ८० हजार १० हजार ५ सय रुपैयाँ बरामद गर्न सफल भएको बुझिएको छ । प्रहरीले लुटेरा आएको टाटा सुमो र त्यसका चालकलाई समेत नियन्त्रणमा लिएको छ। चालक बनेपाका हुन् । सबै लुटेरा बनेपाबाट चढेका थिए ।...
नेकपाका २५ सय केन्द्रीय सदस्यले लिए पद तथा गोपनीयताको शपथ

नेकपाका २५ सय केन्द्रीय सदस्यले लिए पद तथा गोपनीयताको शपथ

नेपाल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २५ सय केन्द्रीय सदस्य पद तथा गोपनीयताको शपथ लिएका छन् । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका ज्येष्ठ सदस्य एनके प्रसाईंबाट केन्द्रीय सदस्यलाई शपथ लिएका हुन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न दल मिलेर बनेको नेकपाले २४ सय ९९ केन्द्रीय सदस्य बनाएको छ । पेरिसडाँडामा उपस्थित नभएका केन्द्रीय सदस्यले भर्चुअल माध्यमबाट शपथ गराइएको छ ।...
बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिए

बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिए

नेपाल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार, १७ चुनाव चिह्नका ९एकलसहित० उम्मेदवारले नाम फिर्ता लिएका हुन् । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा यही पुस २८ गते बिहान १० देखि ४ बजेसम्मको समय निर्धारण गरिएको थियो । नाम फिर्ता लिने विषयमा आयोगले सूचना प्रकाशित गरी जानकारी गराएको थियो । आयोगले उम्मेदवार आफैँ उपस्थित भएर वा वारेसमार्फत पनि नाम फिर्ता लिनसक्ने व्यवस्था गरेको थियो । तोकिएको समयसीमाभित्र एकलसहित १७ चुनाव चिह्नका १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार फिर्ता लिनेमा एकल चुनाव चिह्नबाट बन्द सूचीमा नाम पेस गर्ने राजनीतिक दलका उम्मेदवारसमे...
गोरखापत्र संस्थानको अध्यक्षमा अखण्ड भण्डारी नियुक्त (मन्त्रिपरिषद्का १९ निर्णय)

गोरखापत्र संस्थानको अध्यक्षमा अखण्ड भण्डारी नियुक्त (मन्त्रिपरिषद्का १९ निर्णय)

नेपाल । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सञ्चारमन्त्री खरेलले पुस २८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्नुभएको हो । गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड) नियुक्त गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको छ । त्यसैगरी रामबहादुर रावल प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त हुनुभएको छ । ...
आगामी निर्वाचनको परिणामलाई आफ्नो अनुकूल बनाउने एमाले महासचिव पोखरेलको दाबी

आगामी निर्वाचनको परिणामलाई आफ्नो अनुकूल बनाउने एमाले महासचिव पोखरेलको दाबी

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दावी गर्नुभएको छ । बागमती प्रदेश सङ्गठन कमिटीले सोमबार आयोजना गरेको बागमती प्रदेशस्तरीय सयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनको परिणामलाई आफ्नो अनुकूल बनाउने बताउनुभयो । उहाँले पार्टीले धेरै कार्यक्रम गरे पनि जनताको घरमा पुगेर संवाद गर्न भने नसकेको स्वीकार गर्नुभयो ।...
कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच वार्ता हुँदै

कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच वार्ता हुँदै

नेपाल । मंगलबार नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच वार्ता हुँदैछ । वार्तामा संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण तथा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी हुने बुझिएको छ । यता पार्टी फुटको संघारमा पुगेपछि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक मंगलबारका लागि डाकिएको छ ।...
बन्दसूचीमा नाम समावेश भएका ८५ उम्मेदवारद्वारा नाम फिर्ता

बन्दसूचीमा नाम समावेश भएका ८५ उम्मेदवारद्वारा नाम फिर्ता

नेपाल । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० देखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार उपस्थिति हुन नसकेको अवस्थामा वारेसले फिर्ता लिन पाउने व्यवस्था गरेको थियो । आयोगका अनुसार, जनमत पार्टी, नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका तर्फबाट बन्द सूचीमा रहेका नाम फिर्ता लिइएको हो । जनता समाजवादी पार्टीको २१ जनाले नाम फिर्ता लिएका छन् भने जनमत पार्टीका तर्फबाट २० जनाले नाम फिर्ता लिएका छन् । जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी...
पार्टीको एकता कायम राख्न कार्यवाहक सभापति खड्काको अपिल

पार्टीको एकता कायम राख्न कार्यवाहक सभापति खड्काको अपिल

नेपाल । नेपाली कांग्रेस पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको एकता कायम राख्न अपिल गर्नु भएको छ । खड्काले सोमबार एक विज्ञप्ती जारी गर्दै पार्टी एकतामा प्रतिकुल हुने कुनै पनि गतिविधि नगर्न सबै नेता र कार्यकर्तामा अपिल गर्नु भएको हो । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु भएको अवस्थामा दोस्रो दिन कार्यवाहक सभापति खड्काले यस्तो अपिल गर्नु भएको हो । ...
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आव्हान

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आव्हान

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आव्हान गरेका छन् । सरकारको सिफारिसमा यही माघ ४ गते आइतबार ११ बजे संघीय संसद् सचिवालय, सिंहदरवारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेको शीतल निवासले जनाएको छ । राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने भएको छ । सिंहदरबारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन । ...
झापा ५ मा ओलीसँग चुनाव लड्ने बालेनको तयारी

झापा ५ मा ओलीसँग चुनाव लड्ने बालेनको तयारी

नेपाल । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी माघ ४ गते मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन् । रास्वपामा वरिष्ठ नेताको रूपमा आबद्ध भएका उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने योजना बनाएका हुन् । उनको सचिवालयका एक सदस्यका अनुसार निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते मनोनयन दर्ता हुने भएकाले दुई दिनअघि नै राजीनामा दिएर झापा जाने तयारी छ । रास्वपाले बालेनलाई प्रधानमन्त्री पदको उम्मेदवार घोषणा गरिसकेको छ । ...