नेपाल (हेटौंडा) । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका दामोदर खनाल नियुक्त हुनु भएको छ ।
बिहीबार दिउँसो बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बकैया गाउँ पालिकाका पूर्वअध्यक्ष तथा कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर– १ का सभापति समेत रहनुभएका खनाललाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेका हो ।
मकवानपुर जिल्लामा रहेर निष्ठाको राजनीति गर्दै आउनु भएका खनाल लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुनु हुन्छ । मिजासिलो स्वभाव, सबैलाई मिलाएर नेतृत्व गर्न सक्ने क्षमता भएका, युवामाझ लोकप्रिय उहाँ एक इमान्दार राजनीतिज्ञ हुनुहुन्छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्