नेपाल । चैत १३ गते गृहमन्त्री नियुक्त भएका सुधन गुरुङले बैशाख ९ गते बुधबार राजीनामा दिएका छन् ।
बुधबार दिउँसो प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेलगत्तै उनले सामाजिक सञ्जालमा लेखेर राजीनामा दिएको घोषणा गरेका हुन् ।
पदभन्दा ठूलो कुरा नैतिकता भएको उल्लेख गर्दै उनले राजीनामा दिएको बताएका छन् ।
अपारदर्शी सम्पत्ति विवरण प्रस्तुत र विवादित व्यवसायीसँगको साझेदारी रहेको तथ्य सार्वजनिक भएसँगै गृहमन्त्री गुरुङ चौतर्फी आलोचना खेपिरहेका थिए । बिचौलिया व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न कम्पनीमा शेयर रहेको तथ्य सार्वजनिक भएसँगै उनको आलोचना भएको थियो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्