२० बैशाख २०८३, आईतवार

राजनीति/समाज

काँग्रेसका नवनिर्वाचित सभापति गगन थापा विवरण अध्यावधिक गर्न निर्वाचन आयोग पुगे

काँग्रेसका नवनिर्वाचित सभापति गगन थापा विवरण अध्यावधिक गर्न निर्वाचन आयोग पुगे

नेपाल । बिहीबार विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अध्यावधिक गर्न निर्वाचन आयोग पुगेका छन् । सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा आयोगमा पुगेका हुन् । बिहान बसेको बैठकले आयोगमा विवरण अद्यावधिक गर्ने निर्णय गरेको थियो । कांग्रेस केन्द्रीय समिति बैठकले देवराज चालिसेलाई प्रवक्ता नियुक्त गरेको छ । पहिलो बैठकबाट आगामी फागुन २१ मा तय गरिएको निर्वाचनको तयारी लगायतका विविध विषयमा छलफल भएको थियो । पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले कागजात अद्यावधिक गर्ने लगायतका कार्यका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनीहरूले दलको विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भएको र नयाँ नेतृत्व पनि चयन गरेको जानकारी गराएका छन् । कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा बुधबार राति पदाधिकारी र केन्द्रीय समिति सर्वसम्मत चयन गरेको थियो । आयोगले उनीहरूको...
ओलीको प्रश्न- दुनियाको हिनामिना भएको पैसा महान्यायाधिवक्ता कार्यालयले तिर्छ ?

ओलीको प्रश्न- दुनियाको हिनामिना भएको पैसा महान्यायाधिवक्ता कार्यालयले तिर्छ ?

नेपाल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयप्रति आपत्ति जनाएका छन् । काठमाडौंमा बिहीबार आयोजित ४२औँ पिस्कर सहिद स्मृति दिवसको कार्यक्रममा बोल्दै ओलीले लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय गरेकोप्रति आपत्ति जनाएका हुन् । उक्त अवसरमा उनले दुनियाको हिनामिना भएको पैसा महान्याधिवक्ता कार्यालयले तिर्छ ?’ भनी प्रश्न गरेका थिए ।...
माघ २ गते शुक्रबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईंदै

माघ २ गते शुक्रबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईंदै

नेपाल । माघ २ गते शुक्रबार राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठुलो क्षति भएको थियो ।
सन् २०२६ मा खाद्य असुरक्षाको सङ्कट बढ्ने चेतावनी

सन् २०२६ मा खाद्य असुरक्षाको सङ्कट बढ्ने चेतावनी

नेपाल । संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यकारी निर्देशक सिन्डी म्याककेनले सन् २०२६ मा विश्वव्यापी भोकमरीको सङ्कट बढ्ने चेतावनी दिँदै ३१ करोड ८० लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको गम्भीर समस्याको सामना गरिरहेको बताउनु भएको छ । युएन न्यूज सेन्टरका अनुसार म्याककेनले बढ्दो खाद्य सङ्कटलाई समाधान गर्न “द्रुत, रणनीतिक र निर्णायक कार्य” आवश्यक रहेको उल्लेख गर्दै डब्लुएफपीले मात्र भोकमरी अन्त्य गर्न नसक्ने बताउनु भएको छ । संयुक्त राष्ट्रसंघका अधिकारीले मानव निर्मित अनिकाल अन्त्य गर्न, मानवीय कोष बढाउन र विश्वभर बढ्दो भोकमरीको केन्द्रमा रहेको द्वन्द्वलाई सम्बोधन गर्न तत्काल कदम चाल्न विश्वका नेतालाई आह्वान गरेका छन् । “नयाँ वर्षको सुरुवाती दुई हप्तामै विश्वले खतरनाक र विश्वव्यापी भोक सङ्कटको जोखिमको सामना गरिरहेको उनीहरुले बताएका छन् । “डब्लुएफपीको संकल्प अडिग रहेको ...
रविविरुद्धको संगठित अपराधको मुद्दा फिर्ता, सहकारी ठगीको मुद्दा भने यथावत

रविविरुद्धको संगठित अपराधको मुद्दा फिर्ता, सहकारी ठगीको मुद्दा भने यथावत

नेपाल । महान्यायाधिवक्ताको कार्यालयले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध परेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिन स्वीकृत दिने निर्णय गरेको छ। महान्यायाधिवक्ता सविता भण्डारीले बुधबार उक्त मुद्दा फिर्ता लिन स्वीकृत दिने निर्णय गरेकी हुन् । अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिल कार्यालयहरूलाई स्वीकृति दिएसँगै अब ती कार्यालयहरूले आवश्यक प्रक्रिया अघि बढाउने छ । उनीविरुद्ध कास्की, रुपन्देही, काठमाडौँ र पर्सामा संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग दर्ता भएको छ । अब यो स्वीकृतिसँगै ती जिल्लाका सरकारी वकिल कार्यालयले उक्त मुद्दा फिर्ता लिने छन् । सहकारी ठगीको मुद्दा भने यथावत रहने छ ।...
काँग्रेसका दुबै पक्ष पुगे निर्वाचन आयोग

काँग्रेसका दुबै पक्ष पुगे निर्वाचन आयोग

नेपाल । नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन आयोजक समितिले आआफ्ना निर्णयबारे निर्वाचन आयोगलाई जानकारी गराएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको विषय निर्वाचन आयोगलाई जानकारी गराएको हो । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीका महामन्त्रीद्वय थापा र शर्मा तथा सहमहामन्त्री मन्सुरलाई केन्द्रीय कार्यसमिति बैठकबाट कारबाही गरिएको बुधबारै निर्वाचन आयोगलाई जानकारी गराइएको बताउनुभयो । त्यसैगरी कांग्रेसको विशेष महाधिवेशन आयोजक समितिले पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरिएको लिखित जानकारी निर्वाचन आयोगलाई दिएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कांग्रेसको विशेष महाधिवेशनबारे आयोग ज...
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित, यस्तो बन्यो कार्यसमिति

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित, यस्तो बन्यो कार्यसमिति

नेपाल । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित हुनुभएको छ । काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट बुधबार पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिनुभयो । काठमाडौँमा आइतबारदेखि जारी विशेष महाधिवशेनबाट पार्टी सभापतिमा गगनकुमार थापा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयो । पार्टीको सहमहामन्त्री डा डिला सङ्ग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुरसिहं लामा (आदिवासी जनजाति), उदयशम्शेर राणा (खसआर्य), मुक्ताकुमारी यादव (मधेसी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा (पिडडिएको क्षे...
देउवा पक्षको बैठकबाट गगन थापा र विश्वप्रकाश शर्मा पाँच वर्षका लागि निष्काशित

देउवा पक्षको बैठकबाट गगन थापा र विश्वप्रकाश शर्मा पाँच वर्षका लागि निष्काशित

नेपाल । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई अनुशासनको कारबाही गरेको छ । कांग्रेस नेता मीन विश्वकर्माका अनुसार बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय थापा र शर्मासँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई अनुशासनको कारबाही गरेको हो । संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशन आह्वान गरेर महामन्त्रीद्वयले पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको हो । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बुधबार सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान र हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा पार्टी सदस्यबाट पाँच वर्षका लागि उहाँहरूलाई निष्कासन गरेको विश्वकर्माले जानकारी दिनु भयो । ...
माघ १ गते माघे सङ्क्रान्ति पर्व मनाईंदै, के छ महत्व ?

माघ १ गते माघे सङ्क्रान्ति पर्व मनाईंदै, के छ महत्व ?

नेपाल । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर माघे सङ्क्रान्ति भनिन्छ। माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ। यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ। तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्। वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान ...
संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच वार्ता जारी, थपियो मनोनयन दर्ताको समय

संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच वार्ता जारी, थपियो मनोनयन दर्ताको समय

नेपाल । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन मंगलबार साँझ पारित भएसँगै नेपाली काँग्रेसको विशेष महाधिवेशनको बन्द सत्र समापन गरिएको छ । बुधबार बिहान संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच वार्ताको ढोका खुला राखिरहँदा निर्वाचनको नयाँ तालिका अनुसार प्रक्रिया पनि अगाडि बढ्ने भएको छ । मनोनयन दर्ताका लागि बिहान ८ः१५ बजेदेखि ९ः१५ बजेसम्मको समय थप गरिएको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जनाएका छन् । गत आइतबारदेखि शुरू भएको विशेष महाधिवेशन सोमबार टुंगिने भनिए पनि बुधबारसम्म लम्बिएको छ । जिल्ला जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधि भने छिटो टुंगोमा पुगोस् भनी विरोध गरिरहेका छन् । ...