९ बैशाख २०८३, बुधबार

यी हुन् मंगलबारको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

कोलोराडोखबर संवाददाता , April 22nd, 2026

नेपाल । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले गठन गरेको उक्त समितिका सदस्यहरूमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल रहनुभएको छ।

त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य (प्युठान) लाई नियुक्त गरिएको छ। त्यस्तै, सदस्य पदमा नवराज सिम्खडा (धादिङ) र रोशन बहादुर शाक्य (ललितपुर) लाई नियुक्ति तथा मनोनयन गरिएको छ ।

साथै निम्न ऐनहरूलाई संशोधन गर्न बनेका विधेयकहरू संघीय संसदमा पेस गर्न सरकारले स्वीकृति प्रदान गरेको छः
–नेपाल विशेष सेवा ऐन, २०४२
–प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४
–मतदाता नामावली ऐन, २०७३

प्रतिक्रिया दिनुहोस्