नेपाल । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ जीवन प्रदान गर्न सत्ताकेन्द्रीत सोच बदल्नुपर्ने धारणा राख्नुभएको छ ।
कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा बुधबार च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
महासचिव पोखरेलले जनताको बहुदलीय जनवादलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको रुपमा अगाडि बढाउन प्रयत्न गरिएको उल्लेख गर्नुभयो ।
उहाँले २०८२ भदौ २३ र २४ गते घटेको घटनाको सन्दर्भमा एमालेले गरेको विश्लेषण जनताले मन नपराएको वा सत्य कुरालाई जनताको बिचमा बुझाउन नसकिएको धारणा राख्नुभयो ।
उहाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने हो भने केन्द्रमुखी मानसिकता त्याग्नुपर्ने र जनतासँगको संवादमा जानुपर्ने बताउनुभयो ।
उहाँले पार्टीको पुनर्जागरण र पुनर्गठनको कुरा गरिरहँदा सबैले केन्द्रतिर नभइ जनतातिर फर्कने सङ्कल्प गर्नुपर्ने बताउनुभयो । कम्युनिस्ट पार्टी स्थापनाको मर्मलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्