२० बैशाख २०८३, आईतवार

राजनीति/समाज

कांग्रेस विशेष महाधिवेशन लम्बियो, मङ्गलबार निर्वाचन प्रक्रिया अगाडि बढाइने

कांग्रेस विशेष महाधिवेशन लम्बियो, मङ्गलबार निर्वाचन प्रक्रिया अगाडि बढाइने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित महाधिवेशनको बन्दसत्र मङ्गलबारसम्मका लागि लम्बिएको छ । मङ्गलबार बिहान ९ः०० बजेदेखि बन्दसत्र पुनः सुरु हुने र निर्वाचन प्रक्रिया अगाडि बढाइने विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो । दुई प्रतिवेदनमाथि समूहगत छलफल जारी रहेकाले मङ्गलबार प्रत्येक समूहले निष्कर्ष सुनाउने कार्यक्रम छ । “पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ । सोहीअनुसार प्रक्रिया अगाडि बढेको छ”, संयोजक पोखरेलले भन्नुभयो । उहाँले महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि नाम दर्ता ...
उज्यालो नेपाल पार्टीद्वारा रास्वपासँग सहमति भंग भएको घोषणा, कुलमान बने अध्यक्ष !

उज्यालो नेपाल पार्टीद्वारा रास्वपासँग सहमति भंग भएको घोषणा, कुलमान बने अध्यक्ष !

नेपाल । उज्यालो नेपाल पार्टीद्वारा रास्वपासँग भएको सहमति भंग भएको घोषणा गरेको छ । शनिबार केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गर्दै अब पार्टी चिम चुनाव चिन्ह लिएर प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने जानकारी गराएको हो । बैठकले अध्यक्ष कुलमान घिसिङलाई अध्यक्ष नियुक्ति गरेको थियो । केही अघि नागरिक सरकारबाट कुलमानले राजीनामा दिएका थियो । उज्यालो नेपालका संस्थापक अध्यक्ष अनुपकुमार उपाध्याय अब पार्टीका संरक्षक बनेका छन् । उनले कुलमान घिसिङलाई अध्यक्ष सुम्पेर आफू संरक्षक बनेका हुन् ।...
रुकुमपूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा

रुकुमपूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा

नेपाल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले रुकुमपूर्वबाट चुनाव लड्ने पक्का भएको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले रुकुमपश्चिमको मुसीकोट नगरपालिका १ बराहाटाकुरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा आफू रुकुमपूर्वबाट चुनाव लड्ने करिब निश्चित भएको बताउनुभयो । उहाँले रुकुमका जनताको दुःख, सुखमा साथ दिन, काँधमा काँध मिलाएर एकाकर हुन आफू रुकुमबाटै चुनाव लड्ने सोच बनाएको उल्लेख गर्नुभयो । पार्टी एकतापछि पहिलो पटक आयोजना भएको एकता सन्देश सभामा उहाँले रुकुमको विकासलाई नयाँ शिराबाट निर्माण गर्न चाहेको बताउनुभयो । ...
जेन-जी उठाएका मुद्दालाई निर्वाचनअघि नै राष्ट्रिय स्तरमा छलफल गरौंः गगन थापा

जेन-जी उठाएका मुद्दालाई निर्वाचनअघि नै राष्ट्रिय स्तरमा छलफल गरौंः गगन थापा

नेपाल । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगिरहेका बेला पार्टीका महामन्त्री गगनकुमार थापाले जेन–जी आन्दोलनले उठाएका राष्ट्रिय मुद्दाहरूलाई आम निर्वाचनअघि नै राष्ट्रिय स्तरमा छलफल गर्नुपर्ने बताएका छन् । विशेष महाधिवेशनको दौडधुपमा रहेका थापाले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै पछिल्ला दिनमा जेन–जी आन्दोलनले औँल्याएका विषयहरू केवल क्षणिक बहसमा सीमित नराखी राजनीतिक दल, विभिन्न क्षेत्रका विज्ञ र व्यक्तित्वहरूको सहभागितामा गम्भीर छलफलको थालनी गर्नुपर्ने धारणा राखेका हुन् । उनले केही दिनअघि आफूले उठाएको चुनावअघिका राष्ट्रिय विषयहरूमा राष्ट्रिय स्तरमै छलफल हुनुपर्छ भन्ने प्रस्तावमा काम शुरू भइसकेको जानकारी पनि दिएका छन् । महामन्त्री थापाले उक्त फर्ममार्फत सबैलाई आफ्ना विचार, सुझाव र प्राथमिकताका राष्ट्रिय मुद्दाहरू साझा गर्न आग्रह गरेका छन् । उनका ...
कांग्रेसको दोस्रो विशेष महाधिवेशन शुरू हुँदै, ६० प्रतिशत प्रतिनिधि सहभागी हुने !

कांग्रेसको दोस्रो विशेष महाधिवेशन शुरू हुँदै, ६० प्रतिशत प्रतिनिधि सहभागी हुने !

नेपाल । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबारदेखि शुरू हुँदैछ । विशेष महाधिवेशनका लागि अधिकांश जिल्लाबाट विशेष महाधिवेशन पक्षधर काठमाडौँ आइसकेका छन् । महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान ८ बजेदेखि नै शुरू भएको छ । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालय संयोजक मनोजमणि आचार्यका अनुसार कार्यक्रमस्थल भृकुटीमण्डप मूल गेट सँगैका स्टलहरूबाट नाम दर्ता हुनेछ । उनले नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एकप्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रुपैयाँ साथमा लिइ आउनसमेत अनुरोध गरेका छन् । विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ । विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरिएको छ । गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए । कांग्रेसको...
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती मनाईंदै

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती मनाईंदै

नेपाल । पुस २७ गते आइतबार राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिनुभएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँजस्तै आइतबार पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ । ...
भारतको हिमाञ्चल प्रदेशमा भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु

भारतको हिमाञ्चल प्रदेशमा भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु

नेपाल । उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढेर १४ पुगेको अधिकारीले शनिबार बताएका छन् । अधिकारीहरुका अनुसार दुर्घटनामा ४० जना यात्रु घाइते भई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका छन् भने घाइते मध्ये केहीको अवस्था गम्भीर छ । हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब १४२ किलोमिटर दक्षिणपूर्वमा सिरमौर जिल्लाको हरिपुरधार गाउँमा शुक्रबार एयटा यात्रु बहाक बस सडकबाट चिप्लीएर ५०० मिटर गहिरो खोल्सामा खसेर दुर्घटनाग्रस्त भएको जनाइएको छ । अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । धेरै व्यक्तिहरु अस्पतालमा गम्भीर अवस्थामा रहेको स्थानीय सरकारका मन्त्री जगत सिंह नेगीले बताउनु भएको छ । बसमा ६६ जना यात्रु सवार थिए । बस सोलनबाट हरिपुरधार जाँदै गर्दा दुर्घटना भएको थियो । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको भारतको अल इन्डिया रेडियोले जनाएको छ...
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक, इतरपक्ष विशेष महाधिवेशनको तयारीमा

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक, इतरपक्ष विशेष महाधिवेशनको तयारीमा

नेपाल । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा सबै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थित हुन आह्वान गरिएको छ । यता इतरपक्षले विशेष महाधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । आइतबार काठमाडौंको भृकटीमण्डपमा उद्घाटन गर्न लागिएको विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको हो । विशेष महाधिवेशन पक्षधरले शनिबार दिउँसो पदयात्रा कार्यक्रम आयोजना गरेका छन् । दिउँसो १ बजे भृकुटीमण्डमा पुरु गरेर बागबजार हुँदै पुनः भृकुटीमण्डमा पुगेर पदयात्रा समापन गर्ने तालिका छ ।...
प्रधानमन्त्री कार्की र नेकपा एमालेका अध्यक्ष ओलीबीच तीन घण्टा भेटवार्ता

प्रधानमन्त्री कार्की र नेकपा एमालेका अध्यक्ष ओलीबीच तीन घण्टा भेटवार्ता

नेपाल । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बिहीबार भेटवार्ता भएको छ । उनीहरूबीच बालुवाटारमा झण्डै तीन घण्टा भेटवार्ता भएको बताइएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच फागुन २१ गतेको निर्वाचनलाई भयरहित र निष्पक्ष ढङ्गले सम्पन्न गराउने विषयमा छलफल भएको हो । अध्यक्ष ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष ढङ्गले सम्पन्न गराउन सुरक्षा व्यवस्थाबारे चासो राखेका उनले बताए । ...
सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन निम्तो गरेका छौंः गगन थापा

सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन निम्तो गरेका छौंः गगन थापा

नेपाल । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीको नेतृत्व र नीति परिवर्तन गरी रूपान्तरणको प्रक्रिया आरम्भ गर्नुपर्ने बताएका छन् । बिहीबारको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि उनले केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन आह्वान गर्ने अपेक्षा रहेको बताउँदै त्यही कारण महाधिवेशन प्रतिनिधि बोलाइएको प्रस्ट पारे । उनले विशेष महाधिवेशनले पार्टीमा कुनै असर नपर्ने बताए । थापाले पार्टी विभाजनको बहस नगर्न आग्रह गरे । उनले पार्टीका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले निर्देशन दिएकै कारण विशेष महाधिवेशन आह्वान गरिएको बताए । थाापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन निम्तो गरिएको उल्लेख गरे।...