११ भाद्र २०८३, बिहीबार

राजनीति/समाज

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

नेपाल । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ । पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति बुधबार पुनर्गठन गरेका हुन् । पुनर्गठन गरिएको समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङ र सदस्यमा केन्द्रीय सदस्यहरु धना खतिवडा, रमेशप्रसाद धमला र बजरङ्ग नेपाली रहेका छन् ।...
प्रतिनिधि सभाको नयाँ सचिवमा प्रकाश अधिकारी नियुक्त

प्रतिनिधि सभाको नयाँ सचिवमा प्रकाश अधिकारी नियुक्त

नेपाल । प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सभामुख डीपी अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम संखुवासभाका अधिकारीलाई सङ्घीय संसद, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले मंगलबार यसअघिका सचिव हर्कराज राईलाई पदमुक्त गरेका थिए । * स्थायी ठेगाना: खाँदबारी नगरपालिका वडा नं. ३, सङ्खुवासभा। * अध्ययन: त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर, दक्षिण कोरियाको Kyung Hee University बाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर। * अनुभव: निजामती सेवामा २४ वर्षको अनुभव। उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी। * ⁠सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका...
प्रतिपक्ष दलका सांसदहरूद्वारा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

प्रतिपक्ष दलका सांसदहरूद्वारा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

नेपाल । प्रतिनिधिसभा प्रतिपक्ष दलका सांसदहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले आर्थिक वर्ष २०८३–८४ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल आरम्भ गर्ने प्रस्ताव पेश गर्न प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बोलाएपछि सांसदहरूले विरोध जनाएका थिए । उनीहरूले प्रधानमन्त्री नै प्रस्ताव पेश गर्नुपर्ने र जवाफ दिनुपर्ने अडान राखे पछि तीन पटकसम्म बैठक बस्न नसकेपछि बिहीबार बस्ने गरी बैठक स्थगित भयो । बिहीबार प्रधानमन्त्री शाहले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ । ...
संघीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ पुर्‍याउने निर्णय

संघीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ पुर्‍याउने निर्णय

नेपाल । सरकारले प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने उद्देश्यले संघीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ पुर्‍याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्दै मन्त्रालयको सङ्ख्या घटाउने र कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको हो। सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित पुनर्संरचना व्यवस्थापन सचिवालयले बुझाएको प्रतिवेदनका आधारमा यो पुनर्संरचना गरिएको हो । राज्य संयन्त्रलाई चुस्त बनाउन र बढ्दो चालू खर्च कटौती गर्न यो कदम चालिएको सरकारको भनाइ छ । यी हुन १८ मन्त्रालय १.प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय २.अर्थ मन्त्रालय ३.उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ४.ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय ५.कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय ६.कृष...
रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय

रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय

नेपाल । रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय भएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान टुङ्गो लगाउँदै आफ्नो सम्पूर्ण ध्यान सङ्गठन निर्माण र आन्तरिक संरचना सुदृढीकरणतर्फ केन्द्रित गरेको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार प्रथम महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई आगामी राष्ट्रिय राजनीतिमा पार्टीको दीर्घकालीन रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ । बैठकबाट पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ भने सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा विधान संशोधन समिति गठन गरिएको छ । गत चैत २१ गते सम्पन्न आमनिर्वाचनपछि मुलुकको पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित भएको रास्वपाको पहिलो महाधिवेशनलाई निकै म...
बादलले संसद बैठकमै भने-रास्वपा महत्वाकांक्षी अराजक जमातहरूको अस्थायी गठजोड !

बादलले संसद बैठकमै भने-रास्वपा महत्वाकांक्षी अराजक जमातहरूको अस्थायी गठजोड !

नेपाल । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले रास्वपाको उदयलाई महत्वाकांक्षी अराजक जमातहरूको अस्थायी गठजोडको संज्ञा दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले रास्वपाको सफलता र कार्यशैलीमाथि कडा टिप्पणी गरे । नेता बादलले प्रतिनिधि सभा र संघीय सरकारमा नेतृत्व स्थापित गरेपछि रास्वपाले संसद्को अधिवेशन रोकेर ८ वटा अध्यादेश जारी गरेकोमा आपत्ति जनाए । उनले रास्वपाको राजनीतिक सफलतालाई दशकौँको योगदान वा बलिदानको परिणाम मान्न अस्वीकार गरे । रास्वपाको उदयलाई उनले प्राविधिक र भू–राजनीतिक प्रभावसँग जोडेर व्याख्या गरे। रास्वपाले आफ्नो कथित ‘निलो क्रान्ति’लाई पूर्णता दिन आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभामा एकल नेतृत्व स्थापित गर्ने लक्ष्य राखेको बादलले बताए।...
नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

नेपाल । प्रतिनिधिसभाको बुधबार बस्ने बैठक प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३ र ०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे सुरु हुनेछ । बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ। बुधबारनै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीमा उल्लेख छ। प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।...
सभामुखको सिफारिसमा प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

सभामुखको सिफारिसमा प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदमुक्त गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले वैशाख २८ गते राईलाई पदबाट हटाउन गरेको सिफारिसका आधारमा राष्ट्रपतिले मंगलबार हटाएका हुन् । संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।...
प्रधानमन्त्री बालेनको स्वास्थ्य परीक्षण गराउन माग

प्रधानमन्त्री बालेनको स्वास्थ्य परीक्षण गराउन माग

नेपाल । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गराउन माग गरेका छन् । आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा उठेर हिँडेको सन्दर्भमा उनले आफूहरूले प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएको भन्ने सुनेकाले स्वास्थ्य परीक्षण गरी संसदलाई जानकारी गराउन माग गरेका हुन् । आफ्ना प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जनताले थाहा पाउनुपर्ने उनले बताए । आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बाहिर निस्किने पहिलो प्रधानमन्त्रीको रेकर्ड राखेको तर्क गरे । आङ्देम्बेले सोमबारको संसद् बैठकलाई मर्यादित बनाउन नसकेको भन्दै सभामुख डोलराज अर्यालको समेत आलोचना गरे। उनले संसद् बैठकलाई मर्यादित बनाउन सभामुखले पहल नै नगरेको आरोप लगाए। ...
अर्घाखाँचीमा भएको बस दुर्घटनामा 4 जनाको मृत्यु

अर्घाखाँचीमा भएको बस दुर्घटनामा 4 जनाको मृत्यु

नेपाल । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८, दुर्गाफाँट कुडुलेमा मङ्गलवार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्डअन्तर्गत पाणिनी ८ को कुरुलेफाट नजिक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दिवसबहादुर जिसीले बताउनुभयो । घटनामा मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–१९ बस्ने ७८ वर्षीया राममाया बस्नेत, ७८ वर्षीया विन्दु कुँवर, पर्वत जिल्लाको मोदी गाउँपालिका–५ की ५० वर्षीया कौशिला रेग्मी र मोदी गाउँपालिका–५ का बसचालक ४५ वर्षीय रमेश जिसी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झलक शर्माले जानकारी दिनुभयो । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ भने घाइतेहरूको लुम्बिनी मेडिकल क...