नेपाल । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले रास्वपाको उदयलाई महत्वाकांक्षी अराजक जमातहरूको अस्थायी गठजोडको संज्ञा दिएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले रास्वपाको सफलता र कार्यशैलीमाथि कडा टिप्पणी गरे ।
नेता बादलले प्रतिनिधि सभा र संघीय सरकारमा नेतृत्व स्थापित गरेपछि रास्वपाले संसद्को अधिवेशन रोकेर ८ वटा अध्यादेश जारी गरेकोमा आपत्ति जनाए ।
उनले रास्वपाको राजनीतिक सफलतालाई दशकौँको योगदान वा बलिदानको परिणाम मान्न अस्वीकार गरे । रास्वपाको उदयलाई उनले प्राविधिक र भू–राजनीतिक प्रभावसँग जोडेर व्याख्या गरे।
रास्वपाले आफ्नो कथित ‘निलो क्रान्ति’लाई पूर्णता दिन आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभामा एकल नेतृत्व स्थापित गर्ने लक्ष्य राखेको बादलले बताए।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्