११ भाद्र २०८३, बिहीबार

राजनीति/समाज

सरकारको नीति तथा कार्यक्रम नसुनी किन बाहिरिए प्रधानमन्त्री बालेन ?

सरकारको नीति तथा कार्यक्रम नसुनी किन बाहिरिए प्रधानमन्त्री बालेन ?

नेपाल । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दागर्दै प्रधानमन्त्री वालेन्द्र साह बालेन भने संसदबाट बाहिरिए । सरकारको महत्वपूर्ण नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा त्यस्तो के आपत् आइलाग्यो अहिलेसम्म प्रधानमन्त्रीको सचिवालयले कुनै जानकारी दिएको छैन । अरू मन्त्री र सांसदहरूले नीति तथा कार्यक्रम सुनिरहेका बेलामा बालेन भने बाहिरिएका थिए । राष्ट्रपतिले सम्बोधन गरिरहँदा कोही पनि भित्र बाहिर नगर्ने संसदको मर्यादाभित्र पर्छ । राष्ट्रपतिले नीति तथा कार्यक्रम बाचन गरिरहँदा प्रधानमन्त्री बैठकबाट बाहिरिएको घटनालाई लिएर सामाजिक सञ्जाल तात्न थालेको छ । बालेनको यो कार्यको तीब्र आलोचना भइरहेको छ ।...
२०८२ सालको एसइईको नतिजा सार्वजनिकः ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८२ सालको एसइईको नतिजा सार्वजनिकः ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

नेपाल । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको (२०८२ सालको) माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा आज राति ९ः१५ बजे सार्वजनिक गरेको छ । सरकारले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्नुपर्ने समयसीमा दिएपछि बोर्डले तीव्रगतिमा तयारी गरी परीक्षा सम्पन्न भएको २९ दिनमा नतिजा सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार राति ९ः१५ बजे आयोजित पत्रकार सम्मेलनमा एसइई परीक्षामा ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका शिक्षासचिव चुडामणि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षामा दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका र एक लाख ४६ हजार ५०७ परीक्षार्थी ननग्रेडेड भएका छन् । यसपटक एसइईमा दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्रले परीक्षाको फाराम भरेकामा चार लाख ३० हजार ६६७ जना परीक्षामा सहभागी भएका शिक्षासचिव पौडेलले जानकारी दिनुभयो । सार्वजनिक नतिजाअनुसार ...
रास्वपाका १५ जनाको सदस्यता खारेज, बारा जिल्ला कमिटी विघटन

रास्वपाका १५ जनाको सदस्यता खारेज, बारा जिल्ला कमिटी विघटन

काठमाडौं । राष्ट्रिय स्वत्नत्र पार्टीको केन्द्रीय सचिवालय बैठक आइतबार बसेको छ । उक्त बैठकले वैशाख ३० गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । यस्तै रास्वपाले बारा जिल्ला कमिटी विघटनको निर्णय पनि गरेको छ । पार्टीका प्रवक्ता मनिष झाका अनुसार विभिन्न जिल्लाका १५ जना सदस्यहरुको सदस्यता पनि खारेज गरिएको छ । ‍ राष्ट्रिय स्वतन्त्र पार्टी, केन्द्रीय सचिवालय बैठक २०८३ वैशाख २७ का निर्णयहरू: १. भेला तथा अधिवेशन विशेष तालिका स्वीकृत गर्ने निर्णय गरियो । २०८३ जेठ २: वडा भेला (समिति गठन नभएका वडाहरूमा) जेठ ३: वडा अधिवेशन (वैशाख २० अगावै समिति गठन भएका वडा) जेठ ९: पालिका भेला (समिति गठन नभएका पालिकाहरूमा) जेठ १०: पालिका अधिवेशन (वैशाख २५ अगावै समिति गठन भएका पालिका) जेठ १६: वडा अधिवेशन (जेठ ३ अगाडि गठन भएका बाँकी वडा) जेठ १७: पालिका अधिवेशन (जेठ १० अगाडि समिति गठन भए...
पार्टीका सांसदहरूलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन

पार्टीका सांसदहरूलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन

नेपाल । रास्वपाका सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ । आइतबार पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो निर्देशन दिनुभएको हो । उहाँले रविको मान्छे र बालेनको मान्छे हो भन्दै हल्ला गर्ने गरेको भन्दै पार्टीभित्र त्यस्तो कुनै गुटबन्दी नगर्न निर्देशन दिनुभयो । उहाँले ७० वर्षअघि राजनीतिक रूपमा मिल्नुपर्ने व्यक्ति नमिलेकै कारण नेपाल ७० वर्ष पछाडि धकेलिएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री साह र आफूबिच कुनै व्यक्तिगत मुद्दाका लागि एकता नभएको पनि उहाँको भनाइ छ । उहाँले आफूहरू नयाँ भएपनि बेवकुफ नभएको बताउनुभयो । उहाँले फरक प्रसँगमा बोल्दै सुकुमवासीको व्यवस्थापनका लागि सरकार लागि परेको उल्लेख गर्दै कसैलाई पनि घरबारविहीन नबनाइने स्पष्ट पार्नुभयो ।...
नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त, फागुन १५ गतेभित्र केन्द्रीय महाधिवेशन

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त, फागुन १५ गतेभित्र केन्द्रीय महाधिवेशन

नेपाल । नेपाल महिला संघको अध्यक्षमा मीनाकुमारी खरेल नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार सभापति गगनकुमार थापाले अध्यक्षमा खरेललाई नियुक्त गर्दै १७ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी प्रदान गर्नुभएको हो । अध्यक्ष खरेलले फागुन १५ गतेभित्र संघको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर साउन १ गतेभित्र महाधिवेशनको विस्तृत कार्यतालिका पार्टीसमक्ष पेस गर्ने जिम्मेवारी पाउनुभएको छ । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार नेपालको संवैधानिक व्यवस्था र यसको मर्म अनुसार महिलाको प्रतिनिधित्व, अर्थपूर्ण सहभागिता र सशक्तीकरणका लागि नीति, योजना र कार्यक्रम तय गर्ने जिम्मेवारी दिइएको बताउनुभयो ।...
डर र प्रभावमा न्याय सम्भव छैनः कामु प्रधानन्यायाशीस मल्ल

डर र प्रभावमा न्याय सम्भव छैनः कामु प्रधानन्यायाशीस मल्ल

नेपाल । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनै पनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड दिएकी छिन्। कानून दिवसको अवसरमा शनिबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले न्यायाधीशहरूलाई निर्भीक भएर न्याय सम्पादन गर्न आह्वान गरिन् । उनले न्यायपालिकालाई ‘आज्ञाकारी’ बनाउने वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास स्वीकार्य नहुने स्पष्ट पारिन् । उनले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत गराइन् । विधिको शासनविरुद्ध हुने षड्यन्त्रविरुद्ध उभिने आँट र प्रतिबद्धता सबै सरोकारवालाले देखाउनुपर्ने उनको भनाइ छ। ...
राष्ट्रिय सरोकारका विषयमा केन्द्रित भई गहन बहस विमर्श सुरु

राष्ट्रिय सरोकारका विषयमा केन्द्रित भई गहन बहस विमर्श सुरु

नेपाल । प्रतिनिधि सभाको प्रमुख तथा सरकारको एकल नेतृत्व गरिरहेको रास्वपाले राष्ट्रिय सरोकारका विषयमा केन्द्रित भई गहन बहस विमर्श सुरु गरेको छ । मुलुकमा सुशासन कायम गरी समृद्धिको यात्रा तय गर्ने उद्देश्यले रास्वपाले पार्टी, संसद् तथा सरकारका गतिविधिलाई प्रभावकारी रूपमा परिचालन गर्ने गरी राष्ट्रिय बहस तथा प्रशिक्षण सुरु गरेको हो । यसै सन्दर्भमा सो पार्टीले शनिबारदेखि संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु गरेको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सुरु भएको रास्वपा संसदीय दलको मन्त्री–सांसद पूर्वबजेट अन्तक्रियाको तेस्रो शृङ्खलामा शिक्षामन्त्री सस्मित पोखरेल र कानुनमन्त्री सोबिता गौतमसँग सांसदहरूको अन्तक्रिया भएको हो । सो अन्तक्रियामा मन्त्रालयका काम, क्षेत्रगत बजेट प्रक्रिया तथा पूर्वबजेट छलफल भएको थियो । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अध्यक्षतामा सुरु भएको छलफलमा वि...
बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न एमालेद्वारा ‘संसदीय बोर्ड’ गठन

बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न एमालेद्वारा ‘संसदीय बोर्ड’ गठन

नेपाल । नेकपा एमाले संसदीय दलको बैठकले दलको सांठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न ‘संसदीय बोर्ड’ गठन गरेको हो । एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी छ जना पदाधिकारी रहने छन् । बाँकी १५ सदस्यहरूमा प्रतिनिधि सभाका १०, राष्ट्रिय सभाका चार र संयुक्त समितिका दुई गरी कुल १६ वटा संसदीय समितिमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने नेतृत्वकर्ताहरू (संयोजक) रहने गरी संरचना तयार गरिएको छ । बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ । वैशाख २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनमा एमालेले सशक्त प्र...
कांग्रेसको अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘प्रदेश र स्थानीय तह केन्द्रित भेला’ गर्ने

कांग्रेसको अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘प्रदेश र स्थानीय तह केन्द्रित भेला’ गर्ने

नेपाल । नेपाली कांग्रेसको अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रथम बैठकले ‘प्रदेश र स्थानीय तह केन्द्रित भेला’ गर्ने निर्णय गरेको छ । सभापति गगनकुमार थापाको उपस्थितिमा उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको सभापतित्वमा बुधबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकले भेलाको मिति र स्थानसमेत तय गरेको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । जसअनुसार यही वैशाख २६ र २७ गते सुदूरपश्चिम प्रदेशको धनगढी, वैशाख २८ र २९ मा कर्णाली प्रदेशको सुर्खेत, वैशाख ३१ र जेठ १ गते गण्डकी प्रदेशका पोखरा, जेठ ४ र ५ गते बागमती प्रदेश धुलिखेल, जेठ ६ र ७ गते मधेस प्रदेशको बर्दिवास, जेठ ८ र ९ गते कोशी प्रदेशको लौकी, सुनसरी र जेठ १४ र १५ गते लुम्बिनी प्रदेशको तिलोत्तमा, रुपन्देही भेला हुनेछ । बैठकले प्रतिष्ठानका प्रमुखको प्रस्तावमा उपप्रमु...
बाबुरामद्वारा पार्टी परित्याग, सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश

बाबुरामद्वारा पार्टी परित्याग, सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश

नेपाल । पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईले सो पार्टी छोड्नुभएको छ । पार्टीले शुक्रबार आयोजना गरेको बैठकमा बाबुरामले पार्टीमा नरहने घोषणा गरेको प्रलोपाका अध्यक्ष सन्तोष परियारले जानकारी दिनुभयो । अध्यक्ष परियारले बाबुराम राजनीतिक रूपमा पार्टीमा सक्रिय नभएर सैद्धान्तिक, वैचारिक र लेखन कार्यमा सक्रिय हुने बताउनुभयो । तत्कालीन माओवादी जनयुद्धमा नेतृत्व तहमै रहेका बाबुराम नयाँ शक्ति, मधेशकेन्द्रित दल हुँदै प्रलोपाको संरक्षक हुनुभएको थियो । प्रलोपाले तत्काल महाधिवेशन गरेर विचार मिल्ने पार्टीसँग एकता गरेर जाने निर्णय गरेको छ । यस्तै पूर्वमन्त्री सुदन किराँती प्रलोपा छाडेपछि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ । शुक्रबार काठमाडौँमा पार्टी प्रवेश कार्यक्रम राखेर अध्यक्ष साम्पाङले उहाँलाई वरिष्ठ नेताको जिम्म...