नेपाल । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गराउन माग गरेका छन् ।
आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा उठेर हिँडेको सन्दर्भमा उनले आफूहरूले प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएको भन्ने सुनेकाले स्वास्थ्य परीक्षण गरी संसदलाई जानकारी गराउन माग गरेका हुन् । आफ्ना प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जनताले थाहा पाउनुपर्ने उनले बताए ।
आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बाहिर निस्किने पहिलो प्रधानमन्त्रीको रेकर्ड राखेको तर्क गरे ।
आङ्देम्बेले सोमबारको संसद् बैठकलाई मर्यादित बनाउन नसकेको भन्दै सभामुख डोलराज अर्यालको समेत आलोचना गरे। उनले संसद् बैठकलाई मर्यादित बनाउन सभामुखले पहल नै नगरेको आरोप लगाए।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्