१९ असार २०८३, शुक्रबार

पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट खारेज

कोलोराडोखबर संवाददाता , July 3rd, 2026

नेपाल । पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ।

उनलाई गैरकानुनीरुपमा थुनामा राखिएको भन्दै दायर गरिएको रिट सर्वोच्च अदालतले आज खारेज गरेको हो।

पौडेलकी पत्नी दोमाया पौडेलले सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिने विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेकी थिइन्।

बिहीबार उक्त रिट न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासले खारेज गरेको हो।विशेष अदालतले पौडेललाई थप ६ दिन हिरासतमा राख्नेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रतिक्रिया दिनुहोस्