१८ असार २०८३, बिहीबार

रास्वपाको महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको औपचारिक सूची सार्वजनिक

कोलोराडोखबर संवाददाता , July 2nd, 2026

नेपाल । असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको औपचारिक सूची सार्वजनिक भएको छ ।

महाधिवेशनले सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हव् । सभापतिमा निर्वाचित रवि लामिछानेले चितवनमा शपथ लिनुभएको थियो भने अन्य पदाधिकारी र केन्द्रीय सदस्यले बुधबार शपथ लिएका छन् ।

भरतपुर महाधिवेशनको पहिलो चरणमा केन्द्रीय सदस्य र दोस्रो चरणमा पदाधिकारीको निर्वाचन सम्पन्न भएको थियो। महाधिवेशनबाट केन्द्रीय सभापति पदमा रवि लामिछाने, वरिष्ठ नेता वालेन्द्र शाह र खुला उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित हुनुभयो। यसैगरी महिला उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य, खुला सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल तथा महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित हुनुभयो।

खुला तथा समावेशी समूहका केन्द्रीय सदस्य
खुलातर्फ (३३ जना): रवि लामिछाने, डा. स्वर्णिम वाग्ले, सोविता गौतम, शिशिर खनाल, सागर ढकाल, डा. तोसिमा कार्की, रञ्जु न्यौपाने, मनिष झा, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, विपिनकुमार आचार्य, रमेश प्रसाई, विराजभक्त श्रेष्ठ, निशा डाँगी, इन्दिरा राना मगर, गणेश पराजुली, पुकार बम, जगदीश खरेल (ललितपुर), सुलभ खरेल, यज्ञमणि न्यौपाने, प्रमोद न्यौपाने, सस्मित पोखरेल, रिमा विश्वकर्मा, राजुनाथ पाण्डे, राजीव खत्री, समीक्षा बास्कोटा, गणेश कार्की, खगेन्द्र सुनार, असिम शाह, हिमेश पन्त, जगदीश खरेल (दोलखा), गीता चौधरी र लिमा अधिकारी आचार्य।

खस/आर्यतर्फ (१० जना): सुशान्त वैदिक, सुदीप ढकाल, हेमराज भट्ट, प्रदीप विष्ट, डिल्लीश्वर कार्की (रोहन), प्रकृति ढकाल, टीका सङ्ग्रौला (ज्वाला), क्रान्तिशिखा धिताल, जमुना शर्मा र सुशील कार्की पोख्रेल।

आदिवासी/जनजातितर्फ (९ जना): मिलन लिम्बू, शङ्कर श्रेष्ठ, मिङ्मा डण्डु शेर्पा, महेश लामा, ध्रुव थापा (मगर), आशिका तामाङ, अनुष्का श्रेष्ठ, निशा श्रेष्ठ र कुशुम महर्जन।

मधेसीतर्फ (५ जना): बब्लु गुप्ता, अरविन्द साह, दीपकुमार साह, जुली यादव र कामिनीकुमारी चौधरी।

दलिततर्फ (४ जना): विजय जैरु, शिव नेपाली, सविना विक र खिमा विक।

थारुतर्फ (२ जना): करिष्मा कठरिया र अशोककुमार चौधरी।

मुस्लिमतर्फ (२ जना): समिना मिया र रहबर अन्सारी।

प्रादेशिक समूहका केन्द्रीय सदस्य (प्रत्येक प्रदेशबाट ५/५ जना)

कोशी प्रदेश: निशा मेहता, विश्वराज पोखरेल, शोभा कार्की, कल्पना थापा र सुजाता तामाङ।

मधेश प्रदेश: सुस्मा बस्नेत, सुनिताकुमारी चौधरी, मिता यादव, मञ्जु सिंह र अङ्कितकुमार यादव।

बागमती प्रदेश: प्रभा ढकाल, विदुषी राणा, आकाङ्क्षा पोखरेल, अनिता श्रेष्ठ र पार्वती थापा।

गण्डकी प्रदेश: पवित्रा थापा, मनिष खनाल, सागर भुसाल, पूजा बास्तोला र विष्णुकुमारी गुरुङ।

लुम्बिनी प्रदेश: कल्पना पाण्डे, सङ्गीता ढकाल, ज्ञानु पौड्याल, देवराज पाठक र शर्मिला खनाल।

कर्णाली प्रदेश: सीता बादी, विनिता कठायत, टासी ल्हाजोम, मेनुका शाही र प्रकाश न्यौपाने।

सुदूरपश्चिम प्रदेश: हेमराज थापा, केपी खनाल, दीपकराज बोहरा, जानिका जोशी र चन्द्र ऐर चाँदनी।

प्रतिक्रिया दिनुहोस्