९ भाद्र २०८३, मंगलवार

राजनीति/समाज

दशगजा क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक कदम चालिने छः गृहमन्त्री

दशगजा क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक कदम चालिने छः गृहमन्त्री

नेपाल । गृहमन्त्री सुधन गुरुङले नेपालको पूर्वी नाकाको अवस्थाका विषयमा अनुगमन तथा निरीक्षण गर्नुभएको छ । सोमबार पूर्वी नाका पुगेर उहाँले भन्सार कार्यालयलगायत सुरक्षा संयन्त्रको ‘ग्राउन्ड टेस्ट’ गर्नुभएको हो । गृहमन्त्री गुरुङले मेची पुल तथा दशगजा क्षेत्रमा अनुगमन गर्दै यसलाई व्यवस्थित गर्न आवश्यक कदम चालिने बताउनुभयो । आइतबार झापा आउनुभएका उहाँले सोमबार नेपालको पूर्वी नाका मेचीनगरको काँकडभिट्टा, मेची पुल, इँटाभट्टा–जोरसिमललगायत सीमावर्ती क्षेत्रको स्थलगत निरीक्षण गर्नुभयो । अनुगमनकै क्रममा मेचीनगर–७ को जोरसिमलस्थित अस्थायी सशस्त्र प्रहरीको चेकपोस्ट तत्काल हटाउन गृहमन्त्री गुरुङले निर्देशन दिनुभएको छ ।...
समसामयिक र जनसरोकारका प्रश्नहरूको जवाफ दिन सरकारलाई रुलिङ

समसामयिक र जनसरोकारका प्रश्नहरूको जवाफ दिन सरकारलाई रुलिङ

नेपाल । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका समसामयिक र जनसरोकारका प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन (रुलिङ) गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका गम्भीर विषयहरूमा सरकारलाई जवाफदेही बन्न निर्देशन दिएका हुन् । सांसदहरूले सदनमार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भलाई जोड्दै सभामुखले यस्तो रुलिङ गरेका हुन् । यसका साथै सभामुख अर्यालले सम्भावित प्राकृतिक विपद् व्यवस्थापनको पूर्वतयारीबारे सदनलाई जानकारी गराउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्। मनसुनजन्य जोखिम बढेसँगै हुनसक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसद्लाई तत्काल अवगत गराउनुपर्नेमा उनले जोड दिए । ...
टेरामक्स खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री बस्नेतले सफाइ पाए

टेरामक्स खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री बस्नेतले सफाइ पाए

नेपाल । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतले सफाइ पाएका छन्। विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लिरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिएको हो। अन्य आरोपीहरुलाई भने कैद सजाय तोकिएको छ। अदालतले उक्त खरिद प्रक्रियामा बस्नेत सहभागी भएको नदेखिएको उल्लेख गरेको छ। अदालतले नीतिगत निर्देशन दिएपछि त्यसको कार्यान्वयन, प्राविधिक तयारी, पूर्वाधार निर्माण र खरिद प्रक्रिया सम्बन्धित निकायको जिम्मेवारी भएको तथा मन्त्री वा मन्त्रालयले त्यसमा हस्तक्षेप गरेको प्रमाण नभेटिएको जनाएको छ। फैसलामा बस्नेत नीतिगत निर्णयपछिका कुनै पनि खरिद प्रक्रियामा संलग्न रहेको पुष्टि हुन नसकेको उल्लेख छ । यता टेरामक्स खरिदमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ । न्यायाधीशहरू...
सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको गम्भीर आरोप

सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको गम्भीर आरोप

नेपाल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको गम्भीर आरोप लगाएका छन् । आइतबार नेकपा उपत्यका प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो जिकिर गरेका हुन् । संयोजक दाहालले वर्तमान बालेन शाह नेतृत्वको सरकार सुशासन र विकासका लागि नभई संविधान र संघीयता अन्तर्गत महिला, दलित, आदिवासी र जनजातिले पाएका अधिकार खोस्न उद्धत रहेको टिप्पणी गरे । सरकारले उचित विकल्पविना सुकुम्बासी बस्ती हटाउने, विद्यार्थी युनियनहरू खारेज गर्ने, ट्रेड युनियनको अधिकार खोस्ने र देशको सिमानाको विषयमा जथाभाबी बोल्ने काम गरिरहेको उनको भनाइ छ। आफ्नो पार्टीको विगतको समीक्षा गर्दै अध्यक्ष दाहालले कम्युनिस्ट आन्दोलनमा आफूहरूले वर्ग संघर्ष, विचार र दीर्घकालीन रणनीतिलाई ...
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय साउन ३ गतेसम्मका लागि थप

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय साउन ३ गतेसम्मका लागि थप

नेपाल । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी साउन ३ गतेसम्मका लागि थप गरेको छ । नेपाली कांग्रेसका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आइतबार पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, सानेपामा बसेको बैठकले नवीकरण गरी अध्यावधिक गर्न छुट भएका तथा नयाँ क्रियाशील सदस्यताको विवरण अनलाइन माध्यमबाट पार्टीको केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि समयावधि थप गर्ने निर्णय गरेको हो । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार यसअघि क्रियाशील सदस्यता अध्यावधिक गर्ने समयावधि २०८३ असार २० गतेसम्म तोकिएको थियो । वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यतासम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न हुन बाँकी रहेको, अधिकतम नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना प्रवाहको कार्...
प्रहरीका दुई महानिरीक्षक अमेरिका प्रस्थान

प्रहरीका दुई महानिरीक्षक अमेरिका प्रस्थान

नेपाल । प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल संयुक्त राष्ट्र संघको मुख्यालय अमेरिकाको न्यूयोर्कमा आयोजना हुने पाँचौँ ‘युनाइटेड नेसन्स चिफ अफ पुलिस समिट’मा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् । उक्त समिट यही असार २३ देखि २४ गतेसम्म चल्नेछ । प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुवै सङ्गठनका वरिष्ठ अधिकृतहरुले बिदाइ गरे । उक्त समिटमा अन्तरराष्ट्रिय सहयोग सुदृढीकरण, प्रविधिको प्रयोगलगायत विषयमा छलफल हुने केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । भ्रमणका दौरान महानिरीक्षक कार्कीले संयुक्त राष्ट्र सङ्घका उच्च पदाधिकारी तथा संयुक्त अरब इमिरेट्स (युएई) का प्रतिनिधिमण्डलका सदस्यसँग द्विपक्षीय भेटघाट तथा छलफल गर्नेछन् । प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महा...
प्रतिनिधिसभाको बैठक बस्दै, के के छ कार्यसूची ?

प्रतिनिधिसभाको बैठक बस्दै, के के छ कार्यसूची ?

नेपाल । संघीय संसद्, प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक २०८३ प्रस्तुत गर्ने कार्यसूची छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नेछन् । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी १९३० सम्बन्धी सन् २०...
प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधार सरकारको प्राथमिकतामा

प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधार सरकारको प्राथमिकतामा

नेपाल । गृहमन्त्री सुधन गुरुङले देशभरका प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । नेपाल–भारत सीमा क्षेत्रको निरीक्षणका लागि शनिबार विराटनगर आइपुग्नुभएका गृहमन्त्री गुरुङले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बजेट अभावका कारण निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न नसके पनि आवश्यक स्रोत व्यवस्थापन गरी प्रहरी भवन निर्माणलाई तीव्रता दिइने बताउनुभयो । उहाँले प्रहरी संगठनको भौतिक पूर्वाधार सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै जीर्ण भवनको समस्या समाधानका लागि योजनाबद्ध रूपमा काम अघि बढाइएको जानकारी दिनुभयो । ...
काँग्रेसले सयबुँदे कार्यसूचीको प्रभावकारी कार्यान्वयन नभएका विषय संसद्मा सशक्त रूपमा उठाउने

काँग्रेसले सयबुँदे कार्यसूचीको प्रभावकारी कार्यान्वयन नभएका विषय संसद्मा सशक्त रूपमा उठाउने

नेपाली । नेपाली कांग्रेसले सरकारका शासकीय सुधारसम्बन्धी सयबुँदे कार्यसूचीको प्रभावकारी कार्यान्वयन नभएका विषयलाई संसद्मा सशक्त रूपमा उठाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले सरकारका कार्यप्रगति नियमित अनुगमन गर्ने निर्णय गरेको हो । बैठकले सरकारलाई जवाफदेही बनाउन संसद्मा प्रमुख प्रतिपक्षी दलको हैसियतले थप सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठनको एक सय दिन पूरा भएको सन्दर्भमा बसेको बैठकले मन्त्रालयगत संयोजकले प्रस्तुत गरेका प्रतिवेदनको समीक्षा गरी प्राप्त सुझाव तथा निष्कर्ष अनुसार आवश्यक सुधारात्मक कार्य अगाडि बढाउन तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । यसैगरी नेकपा (एमाले) ले सरकारले एक सय दिनमा एक सय काम गर्ने वाचासहित ह...
बालेन नेतृत्वको सरकार गठन भएको सय दिन पूरा, उपलब्धी सार्वजनिक

बालेन नेतृत्वको सरकार गठन भएको सय दिन पूरा, उपलब्धी सार्वजनिक

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएको शनिबार सय दिन पूरा भएको छ । सय दिन पूरा भएको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका उपलब्धिको विस्तृत विवरण सार्वजनिक गरिएको छ । शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारका उपलब्धिबारे सञ्चारकर्मीलाई जानकारी गराउनुभएको हो । वर्तमान सरकारले सय दिने विशेष कार्यसूची नै तयार पारेर आफ्ना कामकारबाही अघि बढाएको हो । प्रवक्ता मन्त्री पोखरेलले सार्वजनिक गर्नुभएको उपलब्धि विवरणको पहिलो बुँदामा सङ्घीय मन्त्रालयको सङ्ख्या कटौतीको विषय समावेश गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रतिबद्धता पत्रमा उल्लेख भएबमोजिम सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो । उहाँले मन्त्रालयको सङ्ख्या घटाएसँगै वार्षिक करि...