२० असार २०८३, शनिबार

बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको १०० दिन पूरा

कोलोराडोखबर संवाददाता , July 4th, 2026

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको आज १०० दिन पूरा भएको छ।

गतवर्ष फागुन २१ गते सम्पन्न नर्वाचनपछि चैत १३ गते शाहको नेतृत्वमा सरकार बनेको थियो। यो १०० दिनको अवधिमा सरकारले केही सकारात्मक सुरुवात गर्ने प्रयास गरे पनि धेरै आलोचना समेत खेप्नुपरेको छ ।

सरकारले सार्वजनिक सेवा प्रवाह, सुशासन र संरचनागत सुधारको प्रयास गरे पनि लोकतन्त्र, विधिको शासन र जवाफदेहितामा चुकेको छ ।

यस सन्दर्भमा रास्वपा सभापति रवि लामिछाने आफूहरुले तीन वर्षको प्याकेज बनाएर काम सुरु गरेका नतिजा आउन केही समय लाग्न सक्ने बताए। यद्यपि नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सुरुवात गर्ने सवालमा सरकार सफल भएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्