१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

पार्टीभित्र ठूलो आत्मविश्वास र शुद्धताको खाँचो छः गगन थापा

पार्टीभित्र ठूलो आत्मविश्वास र शुद्धताको खाँचो छः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र ठूलो आत्मविश्वास र शुद्धताको खाँचो रहेको बताउनुभएको छ। प्रजातन्त्र सेनानी नन्दप्रसाद सिवाकोटीको १११ औँ जन्मजयन्तीको अवसरमा नन्दप्रसाद जानुका फाउण्डेशनले काठमाडौँमा आयोजना गरेको स्मारिका विमोचन तथा सम्मान समारोहलाई सम्बोधन गर्नुहुँदै महामन्त्री थापाले नेपाली कांग्रेस मुलुकका हरेक परिवर्तनको नेतृत्व गरेको ‘राष्ट्रिय शक्ति’ रहेको बताउनुभयो। उहाँले व्यवस्था परिवर्तनका हरेक आन्दोलनको नेतृत्व नेपाली कांग्रेसको नेतृत्वमा सम्भव भएको बताउँदै नेपाली समाजमा पछिल्लो समय देखिएका चरम असन्तुष्टिको सम्बोधन गर्ने दायित्त्व पनि नेपाली कांग्रेसको रहेको बताउनुभयो। उहाँले हरेक राष्ट्रिय चुनौतीलाई बुझ्ने, पर्गेल्ने र त्यसको सही सम्बोधन गर्नुपर्ने दायित्त्व र सामर्थ्य नेपाली कांग्रेसमा हुनुपर्ने पनि बताउनुभयो। ...
विधान महाधिवेशनको तयारीका लागि एमालेले १३ गतेका लागि बोलायो केन्द्रीय कमिटी बैठक

विधान महाधिवेशनको तयारीका लागि एमालेले १३ गतेका लागि बोलायो केन्द्रीय कमिटी बैठक

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भदौ १३ गते बिहान ११ बजे १० औँ केन्द्रीय कमिटीको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो विधान महाधिवेशनको तयारीका लागि बैठक बोलाइएको हो । उहाँले बैठकमा महाधिवेशनमा पेस गर्ने विधान संशोधन प्रस्ताव प्रतिवेदनबारे छलफल गरिने जानकारी दिनुभयो । विधान संशोधन प्रस्ताव प्रतिवेदन पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेस गर्नु हुनेछ । एमालेले विधान संशोधन प्रस्तावमाथिको सुझाव पठाउन मातहतका कमिटीलाई भदौ १० गतेसम्मको समयसीमा दिएको छ। कार्यालय सचिव डा. अधिकारीले विधान संशोधनसम्बन्धी सुझावलाई समेटेर प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गरिने र सो छलफलपछि पारित गरिने बताउनुभयो । यसअघि नवौँ केन्द्रीय कमिटी बैठक गत साउन ...
नख्खु कारागार पुगेर प्रचण्डले रवि लामिछानेलाई भेटे

नख्खु कारागार पुगेर प्रचण्डले रवि लामिछानेलाई भेटे

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गर्नुभएको छ । उहाँले लामिछानेसँग भेटगरी कारागारको बसाइका बारेमा जानकारी लिनुका साथै बसाइमा भएको असहजता र सहजताका विषयमासमेत चासो राख्नुभएको दाहालको सचिवालय सदस्य दिपक भण्डारीले जानकारी दिनुभयो । थुनामा रहनुभएका पूर्वगृहमन्त्री लामिछानेले भैरहवा कारागारकोभन्दा नख्खुमा धेरै राम्रो सेवासुविधा भएको भन्दै कारागार प्रशासनको प्रशंसा गर्नुभएको दाहालको सचिवालय सदस्य भण्डारीले बताउनुभयो ।...
अहिलेको संविधानले कसैलाई पनि बहुमत दिंदैनः देउवा

अहिलेको संविधानले कसैलाई पनि बहुमत दिंदैनः देउवा

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी राजनीतिक दलसँग मिलेर काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् । अहिलेको संविधानले कसैलाई पनि बहुमत नदिने भन्दै प्रतिस्पर्धीसँग पनि मिलेर सँगै काम गर्नुपर्ने आवश्यकता रहेको बताए । पार्टी केन्द्रीय कार्यालय सानेपामा स्मृति दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अहिलेको संविधान समावेशी समानुपातिक आधारको संविधान रहेको बताए । नेपालको नयाँ संविधानको प्रयोग सफल भइरहेको पनि बताए । सबै पार्टीहरू मिलेर अघि बढ्नुपर्ने, स्वयं प्रतिस्पर्धीसँग मिलेर काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। यो एक किसिमले राम्रो भएको पनि उनले बताए । ...
उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा गलतः प्रचण्ड

उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा गलतः प्रचण्ड

नेपाल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा गलत रहेको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा उनले सत्तारुढ दलहरूले उपसभामुखलाई हटाउने प्रयास गरिरहेको र अहिले हस्ताक्षर नै संकलन गरिरहेको आरोप लगाए । अध्यक्ष दाहालले उपसभामुख रानाविरुद्ध कुनै नराम्रो काम गरेको प्रमाण छैन र उनीमाथि लगाइएको आरोप कपोकल्पितमात्र हो भने ।...
उपयुक्त वातावरण बनेपछि संविधान संशोधन प्रक्रिया अघि बढ्छः महासचिव पोखरेल

उपयुक्त वातावरण बनेपछि संविधान संशोधन प्रक्रिया अघि बढ्छः महासचिव पोखरेल

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले उपयुक्त वातावरण बनेपछि संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन् । कैलालीको अत्तरियामा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा उनले अहिले संविधान संशोधनको वातावरण बनिनसकेको स्पष्ट पारे । उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिअनुसार सरकार अघि बढेको बताए । महासचिव पोखरेलले तुलनात्मक रुपमा पहिले भन्दा राजश्व सङ्कलन वृद्धि भएको, सोधनान्तर स्थिति बचतमा रहेको, निर्यात इतिहासकै उच्च बिन्दुमा पुगेको उल्लेख गरे ।...
उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्न एमाले–काँग्रेसद्वारा हस्ताक्षर संकलन

उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्न एमाले–काँग्रेसद्वारा हस्ताक्षर संकलन

नेपाल । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले पद अनुकूल आचरण नगरेको भन्दै सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले) ले पदमुक्तको प्रस्ताव दर्ताका लागि हस्ताक्षर संकलन गरेका छन् । दुई दलले आफूबाहेक सरकारमा सहभागी र विपक्षमा रहेका दलका प्रतिनिधिसँग पनि छलफल गरेका छन् । मङ्गलबार नै प्रस्ताव दर्ताको तयारी भए पनि सत्तारूढ दलभित्रको विमति र रानासमेत कार्यक्रमका सिलसिला अमेरिकामा रहेकाले अन्तिम समयमा रोकिएको छ । सोमबार साँझ दुई दलका शीर्ष नेताबीच भएको समझदारी अनुसार मङ्गलबार संसदीय दलका पदाधिकारीले हस्ताक्षरको प्रक्रिया अघि बढाएका थिए । उपत्यकाबाहिर रहेकाबाहेक अन्यलाई संसदीय दलको कार्यालयमा उपस्थित हुन दुबै दलले सांसदहरूलाई सूचित गरेका थिए । २०७९ माघ ७ गते उपसभामुख निर्वाचित रानाले २०७९ फागुनमा भिसा सहजीकरणका लागि नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र डेढ वर्षपछि बाहिर आएको थियो । २०...
दुर्गा प्रसाईंद्वारा राजनीतिक दल खोल्ने घोषणा

दुर्गा प्रसाईंद्वारा राजनीतिक दल खोल्ने घोषणा

नेपाल । विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । तीनकुने घटनामा जेलबाट छुटेपछि सोमबार पत्रकार सम्मेलन गर्दै उनले राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू यो निष्कर्षमा पुगेको बताए । उनले केही समयमै दलको नाम घोषणा गर्ने पनि बताएका छन । ...
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको लागि औपचारिक निम्तो

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको लागि औपचारिक निम्तो

नेपाल । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको लागि भारतीय सरकारको औपचारिक निम्तो हस्तान्तरण गर्नुभएको छ । आइतबार बिहान काठमाडौं आइपुग्नुभएका मिश्रीले आगमनलगत्तै प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको निम्तो दिनुभएको हो । भेटमा दुई देशबीचको आपसी सम्बन्ध, क्षेत्रीय सहयोग र आगामी दिनमा द्विपक्षीय सहकार्यलाई अझ प्रगाढ बनाउन सकिने विषयमा छलफल भएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको छ । विदेश सचिव मिश्रीले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक र पारस्परिक सम्बन्धबारे कुराकानी भएको बताइएको छ । त्यसैगरी उहाँले पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल...
रामेछापको हेलाम्चो आसपासमा ४ रेक्टरको भूकम्प

रामेछापको हेलाम्चो आसपासमा ४ रेक्टरको भूकम्प

नेपाल । रामेछाप जिल्लाको हेलाम्चो आसपास केन्द्रबिन्दु बनाएर आइतबार दिउँसो ३ बजेर ४३ मिनेटमा ४.० स्थानीय परिमाण (एमएल) को भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रामेछापमा ४।० रेक्टरको भूकम्प गएको र हालसम्म क्षतिको विवरण प्राप्त भएको छैन । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको जनाइएको छ ।...