नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले उपयुक्त वातावरण बनेपछि संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन् ।
कैलालीको अत्तरियामा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा उनले अहिले संविधान संशोधनको वातावरण बनिनसकेको स्पष्ट पारे ।
उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिअनुसार सरकार अघि बढेको बताए ।
महासचिव पोखरेलले तुलनात्मक रुपमा पहिले भन्दा राजश्व सङ्कलन वृद्धि भएको, सोधनान्तर स्थिति बचतमा रहेको, निर्यात इतिहासकै उच्च बिन्दुमा पुगेको उल्लेख गरे ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्