२१ बैशाख २०८३, सोमबार

उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा गलतः प्रचण्ड

कोलोराडोखबर संवाददाता , August 20th, 2025

नेपाल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा गलत रहेको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा उनले सत्तारुढ दलहरूले उपसभामुखलाई हटाउने प्रयास गरिरहेको र अहिले हस्ताक्षर नै संकलन गरिरहेको आरोप लगाए ।

अध्यक्ष दाहालले उपसभामुख रानाविरुद्ध कुनै नराम्रो काम गरेको प्रमाण छैन र उनीमाथि लगाइएको आरोप कपोकल्पितमात्र हो भने ।

प्रतिक्रिया दिनुहोस्