नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी राजनीतिक दलसँग मिलेर काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
अहिलेको संविधानले कसैलाई पनि बहुमत नदिने भन्दै प्रतिस्पर्धीसँग पनि मिलेर सँगै काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा स्मृति दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अहिलेको संविधान समावेशी समानुपातिक आधारको संविधान रहेको बताए ।
नेपालको नयाँ संविधानको प्रयोग सफल भइरहेको पनि बताए ।
सबै पार्टीहरू मिलेर अघि बढ्नुपर्ने, स्वयं प्रतिस्पर्धीसँग मिलेर काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। यो एक किसिमले राम्रो भएको पनि उनले बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्