१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउँदैनः प्रधानमन्त्री

लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउँदैनः प्रधानमन्त्री

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने स्पष्ट गर्नुभएको छ। मुलुकी संहिता दिवस, २०८२ का अवसरमा आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधान र कानुन कार्यान्वयनका लागि सबै निकायको सन्तुलित र शक्ति पृथकीकरणको सिद्धान्तबमोजिमको भूमिका हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो। प्रधानमन्त्री ओलीले न्यायालयको स्वतन्त्र भूमिकालाई सम्मानसहित मान्ने कुरामा कार्यकारिणीका तर्फबाट पूराका पूरा साथ रहने स्पष्ट गर्दै तर सम्मान भनेको पञ्चायतकाली जस्तो जयजयकार मात्रै नहुने भनाइ राख्नुभयो । उहाँले समाजलाई सच्चरित्रमा विकसित गर्दै आग्रहहिन ढङ्गले कानुनको कार्यान्वयन र व्याख्या गर्न लाग्नुपर्नेमा पनि जोड दिनुभयो ।...
झरनाको पाँचौँ अधिवेशन भदौ ७ गते हुने

झरनाको पाँचौँ अधिवेशन भदौ ७ गते हुने

नेपाल (मकवानपुर) । मकवानपुर जिल्लामा लामो समयदेखि क्रियाशील साहित्यिक संस्था झरना साहित्यिक परिवारको पाँचौँ अधिवेशन आगामी भाद्र ७ गते शनिबार महेन्द्र मावि बकैया–४, छतिवनमा हुने भएको छ । संस्थाको हरेक ३-३ बर्षमा हुँदै आएको अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने अध्यक्ष विश्वनाथ सञ्जेलले बताउनु भयो । यसैगरी परिवारको ३ वर्षे कार्यकालमा संस्थाको गतिविधिलाई प्रचारप्रसार गर्न सहयोग गरेको भन्दै संस्थाले आफ्नो पाँचौ अधिवेशनमा अनलाइन पोर्टल साहित्य पोष्टलाई सम्मान गर्ने निर्णय गरिएको संस्थाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले जानकारी दिनुभयो । यसअघि संस्थाले आफ्नो अधिवेशनका क्रममा हेटौँडा एफएम, समृद्ध समाज राष्ट्रिय दैनिक, अनलाइन पोर्टल बाइलाइन नेपाललाई पनि सम्मान गरिएको लामिछानेले जानकारी दिनुभयो । हरेक महिना मासिक साहित्य शृङ्खला सञ्चालन गर्दै आएको यस संस्थाले आफ्नो वार्षिकोत्सवका अवसरमा फागुन महिना...
रुपन्देहीबाट रवि लामिछानेलाई नक्खु कारागार ल्याइयो

रुपन्देहीबाट रवि लामिछानेलाई नक्खु कारागार ल्याइयो

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नक्खु कारागार ल्याइएको छ । रूपन्देही कारागारमा रहेका उनलाई जेल सरुवा गरेर शनिबार अपराह्न ५ बजे काठमाडौँ ल्याइएको हो । बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ गतेदेखि रूपन्देही कारागारमा थिए । उनले गत जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । अदालतले उनलाई काठमाडौँ सार्न अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो । राष्ट्रिय मानवअधिकार आयोगको टोलीले केही दिनअघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यानको असुरक्षा रहेको बताएपछि सरकार उनलाई काठमाडौँ सार्न तयार भएको हो । ...
सर्लाहीमा एक जना शिक्षकको गोली हानी हत्या

सर्लाहीमा एक जना शिक्षकको गोली हानी हत्या

नेपाल । सर्लाहीमा एक जना शिक्षकको गोली हानी हत्या भएको छ । शिक्षक रामपुकार यादवको हत्या भएको प्रहरीले जनाएको छ । शिक्षक यादवमाथि शुक्रबार राति साढे ८ बजेतिर घर अगाडि मोटरसाइकलमा आएका हतियारधारीले गोली हानेर भागेका थिए । टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारको लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । शिक्षकलाई गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् तर प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । गोली प्रहार गरी भाग्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा ती व्यक्ति पक्राउ परेका हुन् । घटनामा संलग्न केही व्यक्ति भने फरार छन् । उनीहरुको खोजी भरहेको प्रहरीले जनाएको छ ।...
रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरको नक्खु कारागारमा ल्याइने

रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरको नक्खु कारागारमा ल्याइने

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरको नक्खु कारागार सरुवा गरिने भएको छ । कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार उनलाई कारागार सरुवाका लागि निर्णय गरेर रुपन्देही पठाइएको छ । हाल रुपन्देही कारागारमा रहेका उनलाई रुपन्देही कारागारले आवश्यक प्रक्रिया पूरा गरेपछी नख्खु कारागार सरुवा गर्न लागेको हो । लामिछानेले सरुवा माग गर्दै अदालत र जिल्ला प्रशासन कार्यालयबाट पहिल्यै अनुमति पाइसकेका थिए । रवि हाल बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको अभियोगको पुर्पक्षका क्रममा थुनामा छन् । जिल्ला अदालतले १ करोड रूपैयाँ धरौटीमा रिहा गरेको भए पनि उच्च र सर्वोच्च अदालतले उनलाई थुनामै बस्नुपर्ने आदेश गरेको थियो ।...
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ९ जना नेपाली श्रमिकको मृत्यु

कुवेतमा विषाक्त मदिरा सेवनका कारण ९ जना नेपाली श्रमिकको मृत्यु

नेपाल । कुवेतमा विषाक्त मदिरा सेवनका कारण ९ जना नेपाली श्रमिकहरूको मृत्यु भएको छ । गैरकानुनी रूपमा बिक्री हुने यस्तो मदिरा सेवन गरेका अरु ३५ जना भन्दा धेरै नेपालीहरूको कुवेतका विभिन्न अस्पतालमा उपचार भइरहेको बुझिएको छ । मृतकको संख्या अझै बढ्न सक्ने आंकलन गरिएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मेथनोल मिसावट गरिएको मादक पदार्थ सेवनका कारण १६० जना प्रभावित भएका छन् । मृतकको सङ्ख्या २३ पुगेको र अधिकांश एशियाली मूलका मानिसहरू रहेको जनाइएको छ ।...
कृष्ण जन्माष्टमी पर्व भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाईदै

कृष्ण जन्माष्टमी पर्व भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाईदै

नेपाल । शनिबार भाद्र कृष्ण अष्टमी अर्थात् कृष्ण जन्माष्टमी पर्व, भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाईदै छ । भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झना गर्दै हिन्दु धर्मावलम्बीहरूले यो पर्व मनाउने गर्छन् । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ गर्भका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो । कौरव र पाण्डवका बीचमा ...
डिजिटल माध्यमको सबैले सकारात्मक प्रयोग गरेर योगदान पुर्याउँः सभापति देउवा

डिजिटल माध्यमको सबैले सकारात्मक प्रयोग गरेर योगदान पुर्याउँः सभापति देउवा

नेपाल । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘डिजिटल’ माध्यमको सचेतना, जिम्मेवार र समुचित प्रयोग नै डिजिटल भविष्यको आधार भएको बताएका छन् । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक कार्यक्रमको शुभारम्भ गर्दै डिजिटल माध्यमको सबैले सकारात्मक प्रयोग गरेर समाज राष्ट्रमा योगदान पुर्याउन सक्ने बताए । सूचना प्रविधिले जनतालाई छिटो, सजिलो र पारदर्शी ढङ्गले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको छ जनाउँदै सभापति देउवाले घरघरमा इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ, अनलाइन फाराम, डिजिटल स्वास्थ्य सेवा तथा डिजिटल शिक्षा यी सबै प्रविधिमैत्री योजनाले जनताको जीवनशैली सरल, समावेशी र सम्मानजनक बनाउँदै लगेका छन् भने । सभापति देउवाले हाम्रो पार्टी, कांग्रेस, सधैँं नवप्रवर्तन र प्रविध...
प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्री र मुख्यसचिवले आज कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै आगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका लागि तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो । प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरूसँग सम्बन्धित सचिवले कार्यसम्पादन सम्झौता गर्ने छन् ।...
रञ्जिता नै नाउपाको अध्यक्ष भएको निर्वाचन आयोगको प्रष्टोक्ति

रञ्जिता नै नाउपाको अध्यक्ष भएको निर्वाचन आयोगको प्रष्टोक्ति

नेपाल । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रञ्जिता श्रेष्ठ नै भएको प्रष्ट पारेको छ । उन्मुक्तिको साउन १५ मा भएको राष्ट्रिय भेलाले रञ्जितालाई हटाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष चयन गरी अद्यावधिकका लागि आयोगमा पठाएको थियो । आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधानअनुसार रञ्जिता नै अध्यक्ष कायम भएको बताइन् । नाउपाको संरक्षक रेशमलाल चौधरी पक्षले पार्टी अध्यक्षमा लालवीरलाई चयन गरेको थियो । यसअघि रेशम पक्षको भेलाले अध्यक्ष रञ्जितालाई पार्टीबाट निष्कासन गरेको थियो । रञ्जिता पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हडप्ने बिचौलियाको प्रपञ्चमा समेत मुछिएपछि नाउपाभित्र विवाद चर्किएको थियो । ...