नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र ठूलो आत्मविश्वास र शुद्धताको खाँचो रहेको बताउनुभएको छ।
प्रजातन्त्र सेनानी नन्दप्रसाद सिवाकोटीको १११ औँ जन्मजयन्तीको अवसरमा नन्दप्रसाद जानुका फाउण्डेशनले काठमाडौँमा आयोजना गरेको स्मारिका विमोचन तथा सम्मान समारोहलाई सम्बोधन गर्नुहुँदै महामन्त्री थापाले नेपाली कांग्रेस मुलुकका हरेक परिवर्तनको नेतृत्व गरेको ‘राष्ट्रिय शक्ति’ रहेको बताउनुभयो।
उहाँले व्यवस्था परिवर्तनका हरेक आन्दोलनको नेतृत्व नेपाली कांग्रेसको नेतृत्वमा सम्भव भएको बताउँदै नेपाली समाजमा पछिल्लो समय देखिएका चरम असन्तुष्टिको सम्बोधन गर्ने दायित्त्व पनि नेपाली कांग्रेसको रहेको बताउनुभयो।
उहाँले हरेक राष्ट्रिय चुनौतीलाई बुझ्ने, पर्गेल्ने र त्यसको सही सम्बोधन गर्नुपर्ने दायित्त्व र सामर्थ्य नेपाली कांग्रेसमा हुनुपर्ने पनि बताउनुभयो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्