२८ बैशाख २०८१, शुक्रबार

ताजा समाचार

माधव नेपाल भन्छन्–‘दुर्गा प्रसाईँलाई राज्यले नियन्त्रण गर्नुपर्छ’

माधव नेपाल भन्छन्–‘दुर्गा प्रसाईँलाई राज्यले नियन्त्रण गर्नुपर्छ’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान समयमा देखिएका अराजकताको अन्त्य गर्न समाजवादी मोर्चा र सत्ता गठबन्धनबीच सहकार्य हुनुपर्ने बताउनुभएको छ । पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रम अध्यक्ष नेपालले मुलुकमा अहिले अतिवादी कुरा गरेर अराजकता मच्चाउन खोज्नेबाट देखिएका भ्रम न्यूनीकरण गर्न मोर्चा र गठबन्धनकाबीच समन्वय गरी जनतालाई यथार्थ विषय बताउन सभा, सम्मेलन गर्नुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले बैंकबाट लिएको ऋण तिर्नु पर्दैन भन्ने विचार फैलाएर जनताको भावनामाथि खेलिरहेका समूहबाट सचेत रहन आग्रह गर्नुभयो । गणतन्त्रविरुद्ध प्रतिगामी शक्ति अहिले परिचालित रहेको बताउँदै उहाँले भन्नुभयो, “म जनतालाई अनुरोध गर्न चाहन्छु, हामीले सत्य कुरा भुलेर भीडको पछि लाग्नु हुँदैन ।” दुर्गा प्रसाईँलाई लक्षित गर्दै पीडितको मुद्दा ...
काम नलाग्ने भनेर फ्याँकिएको राजसंस्था अब फर्कन्नः ओली

काम नलाग्ने भनेर फ्याँकिएको राजसंस्था अब फर्कन्नः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काम नलाग्ने भनेर फ्याँकिएको ‘राजसंस्था’ अब फर्कन नसक्ने बताएका छन् । शुक्रबार युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘राजसंस्था ‘मरेको प्रेत’ भइसक्यो, अब फर्कन सक्दैन ।’ २०४ वर्षसम्म राजाहरुले केही पनि नगरेको भन्दै देश विकास नहुनुका पछाडि राजतन्त्र नै जिम्मेवार रहेको ओलीको दाबी थियो ।...
विश्व विद्यालयमा पर्याप्त विद्यार्थीको अभाव देखिन थाल्योः प्रधानमन्त्री

विश्व विद्यालयमा पर्याप्त विद्यार्थीको अभाव देखिन थाल्योः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण रहेको बताउनुभएको छ । ‘उच्च शिक्षाका मापदण्डहरुमा एकरुपता र अन्तर्राष्ट्रियकरण’बारे उपकुलपतिहरुको सम्मेलनलाई शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै उहाँले उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवं डिजिटल पूर्वाधारको विकासमा केन्द्रित गर्नुपर्ने बताउनुभयो । “एकातर्फ गुणस्तरीय प्राविधिक एवं व्यावसायिक उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवं डिजिटल पूर्वाधार, दक्ष जनशक्ति र शिक्षापछिको रोजगारीका अवसर सिर्जनाका लागि ठूलो लगानी आवश्यक छ”, प्रधानमन्त्रीले भन्नुभयो, “त्यसका लागि राज्यले पर्याप्त लगानी गर्न सकेको छैन । अर्कातर्फ, मुलुकले लगानी गरेर उच्च शिक्षा अध्ययन गराई विश्वविद्यालय शिक्षामा प्रवेश गर्न तयार पारेका जेहेन्दार युवा नै मुलुक छोडेर बाहिर जाने परिपाटी छ ।” नेपालमा विश्वविद्यालय खोल्न...
प्रधानमन्त्रीको विशेष चासोः विपिन जोशीको रिहाइमा सघाउन कतारलाई अनुरोध

प्रधानमन्त्रीको विशेष चासोः विपिन जोशीको रिहाइमा सघाउन कतारलाई अनुरोध

काठमाडौँ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले हमासको चङ्गुलबाट नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गर्नुभएको छ । नेपालको औपचरिक भ्रमणमा रहनुभएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग शुक्रबार आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीले त्यस्तो आग्रह गर्नुभएको हो । मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाइका निम्ति कतारको मध्यस्थतामा गाजामा भएको युद्धविरामको प्रधानमन्त्रीले प्रशंसा गर्दै जोशीको रिहाइमा सघाउन अपिल गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच आपसी हित र चासोका विविध विषयका साथै व्यापार, लगानी, विकास सहायता तथा नेपालीलाई कतारमा रोजगारीका अवसर उपलव्ध गराउनेबारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यता, परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारस...
आफ्नै साथीको छुरा प्रहारबाट पर्वतका क्षेत्रीको पोर्चुगलमा मृत्यु

आफ्नै साथीको छुरा प्रहारबाट पर्वतका क्षेत्रीको पोर्चुगलमा मृत्यु

एजेन्सीहरु । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले राससलाई जानकारी दिनुभयो । मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको निधनबारे निजका परिवारलाई जानकारी गराइएको खड्काले बताउनुभयो । पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार –१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत मङ्गलबार राति छुरा प्रहार गरेका थिए । मदिराले मातेका गुरुङले क्ष्ेत्रीलाई छुरा प्रहार गरेका पोर्चुगलस्थित अवैतनिक वाणिज्यदूत मकरबहादुर हमा...
शुक्रबार रातिको दुःखद् खबर, आगलागीमा परी चार जनाको मृत्यु

शुक्रबार रातिको दुःखद् खबर, आगलागीमा परी चार जनाको मृत्यु

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण नखुलेको र त्यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
फिल्डमा उत्रिए प्रदीप पौडेल, भूकम्पपीडितलाई एक हजार अस्थायी आवास निर्माण गर्दै

फिल्डमा उत्रिए प्रदीप पौडेल, भूकम्पपीडितलाई एक हजार अस्थायी आवास निर्माण गर्दै

काठमाडौँ । नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट प्रभावित बस्तीमा एक हजार अस्थायी आवास (घर–टहरा) निर्माण अभियान सुरु गरेको छ । भूकम्पपछि कांग्रेसले अस्थायी आवास निर्माण गर्ने घोषणा गरेसँगै कांग्रेस केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले जाजरकोट पुगेर अस्थायी आवास निर्माणलाई तीव्र गतिमा अघि बढाएको हो । कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जाजरकोट जिल्लाको नलगाड नगरपालिका–५ स्थित रघुनाथ, ऐरारी, पोखरा, मुलीलगायत स्थानमा अस्थायी आवास निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । कांग्रेसको उक्त अभियानलाई सहयोग गर्न प्रदेशसभा सदस्य डिल्लीराज सुवेदी, पालुङटार नगरपालिकाका पूर्वप्रमुख इन्जिनियर दीपकबाबु कँडेल, कांग्रेस जाजरकोटका नेता महेन्द्र शाह, पुष्प बस्नेत, छवि पन्त, पूर्ण ओली, महासमिति सदस्य सुशील भट्ट, वडाध्यक्ष ओम ओली, नेपाल तरुण दलका न...
धेरै कर तिर्नेलाई राष्ट्रको सम्मान, कुन विधाको को सम्मानित ?

धेरै कर तिर्नेलाई राष्ट्रको सम्मान, कुन विधाको को सम्मानित ?

काठमाडौँ । सरकारले उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताह समापन समारोहमा बिहीबार अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गर्नुभयो । आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल दूरसञ्चार कम्पनी पुरस्कृत भएको छ । निर्यात कारोबार क्षेत्रमा डाबर नेपाल, विशेष उद्योगमा एसियन पेन्ट्स, कृषि तथा पशुजन्य उद्योगमा ओबिसी फुड्स एण्ड फ्रिड कम्पनी, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त वित्तीय संस्था र बैंक तथा वित्तीय क्षेत्रतर्फ ग्लोबल आइएमई बैंक सम्मानित भएका छन् । यस्तै बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, स्वास्थ्य शिक्षा प्रदायक संस्थातर्फ नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ मनकामना दर्शन प्रालि, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, रु ५० करोडदेखि एक अर्ब कर तिर्ने मध्यमस्तरीय ...
युवा विधार्थीको प्रदर्शन शान्तिपूर्ण, प्रसाईँको प्रदर्शनमा प्रहरीसहित २८ जना घाइते

युवा विधार्थीको प्रदर्शन शान्तिपूर्ण, प्रसाईँको प्रदर्शनमा प्रहरीसहित २८ जना घाइते

काठमाडौँ । काठमाडौँको बल्खुमा बिहीबार भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार शान्ति, सुरक्षा कायम गर्ने क्रममा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते भएका हुन् । झडपमा घाइते भएकामध्ये १७ जना उपचारपछि घर फर्केका छन् भने छजनाको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ । उत्तेजित भीडको ढुङ्गा प्रहारबाट घाइते भएका प्रहरीको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन एक सय ५७ सेल अश्रुग्यास र पाँच राउण्ड रबरको गोली प्रहार गरिएको थियो । यता काठमाडौंको तीनकुनेमा नेकपा एमाले समर्थित युवा विधार्थीको प्रदर्शन भने शान्तिपूर्ण भएको छ । बल्खुमै प्रसाईँका समर्थक र युवा विधार्थीबीच केहीबेर झडप समेत भएको थियो ।...
चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात

चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०/८१को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युते भारतर्फ निर्यात गरेको छ । प्राधिकरणले चालू आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । विद्युत् निर्यात गत आव २०७९/८०को सोही अवधिको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो । गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी ७ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आर्जन गरिएको थियो । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । गत जेठदेखि कात्तिकसम्ममा १ अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी १४ अर्ब ५० करोड २१ लाख रुपैयाँ आर्जन भएको छ । प्राधिकरणले साउनमा २ अर्ब १४ करोड ७६ लाख, भदौमा ...