७ जेष्ठ २०८१, सोमबार

आईपीएलमा बैंग्लौरद्वारा पञ्जाब पराजीत

कोलोराडोखबर संवाददाता , May 10th, 2024

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा विहीबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लौरसँग पञ्जाब पराजीत भएको छ ।

पञ्जाबमाथि ६० रनको जित हासिल गर्दै बैंग्लौरले प्लेअफको गणितीय सम्भावनालाई कायमै राखेको हो ।

खेलमा पहिले ब्याटिङ गरेको बैंग्लौले ७ विकेटको क्षतिमा २४१ रन बनायो । जवाफमा पञ्जाबले १७ ओभरमै अलआउट हुँदै १८१ रनमात्र बनाउन सक्यो । राइली रस्सोऊले २७ बलमा ६१ रन बनाए ।

आईपीएलमा शुक्रबार चेन्नई सुपर किंग्स र गुजरात टाइटान्स खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्