७ जेष्ठ २०८१, सोमबार

शुक्रबार बजेट अधिवेशन आह्वान, तर काँग्रेसले अवरोध सिर्जना गर्ने

कोलोराडोखबर संवाददाता , May 10th, 2024

नेपाल । नेपालमा शुक्रबार बजेट अधिवेशन आह्वान गरिएको छ । तर यो अधिवेशन सभ्य हिसावले सञ्चालन नहुने आशंका बढेको छ ।

शुक्रबार दुवै सदनको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न २ बजे बोलाइएको छ । यसअघि मध्याह्न १२ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।

संसद्को यो अधिववेशन पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अडानका कारण प्रभावित बन्ने देखिएको छ । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन गर्न कांग्रेसले संसदीय समिति गठनको माग गर्दै आएको छ। संसद्को अघिल्लो अधिवेशनको अन्त्यतिर पनि यही माग राख्दै सदनमा अवरोध गरेको थियो ।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरू संसदीय छानबिन समिति बनाउनुपउर्ने मागमा अडिग रहेको दोहोर्‍याएका छन् ।

प्रतिक्रिया दिनुहोस्