७ जेष्ठ २०८१, सोमबार

बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

कोलोराडोखबर संवाददाता , May 10th, 2024

नेपाल । काठमाडौं नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

जग्गा हिनामिनामा संलग्नविरुद्ध बाल संगठनले ठगीमा जाहेरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

संगठनका पूर्वपदाधिकारी, कर्मचारी तथा निजी शैक्षिक संस्था बृहस्पति विद्यासदन र राई स्कुलका सञ्चालक, कर्मचारीविरुद्ध जाहेरी परेको हो ।

पक्राउ पुर्जी जारी भएकाहरु:

संगठनकी तत्कालीन अध्यक्ष वैद्य, तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ र योगेन्द्रबहादुर शाही, तत्कालीन ५ महासचिव श्यामकुमार आले, गणेशभक्त श्रेष्ठ, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान र रामकाजी कोने, तत्कालीन उपमहासचिव सुमन शाक्य, तत्कालीन सदस्य एवं स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह, तत्कालीन कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ र तत्कालीन उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ  ।

बाल संगठनका पदाधिकारी र कर्मचारीलाई आर्थिक प्रभावमा पारी जग्गा हत्याएको आरोपमा बृहस्पति विद्यालय व्यवस्थापन प्रालिका अध्यक्ष पुरुषोत्तमराज जोशी, तत्कालीन अध्यक्ष चिरञ्जीवी तिवारी, सञ्चालकहरू प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र हाल बृहस्पतिकै सञ्चालक तथा तत्कालीन राई स्कुलका व्यवस्थापक कीर्तिप्रसाद पाण्डेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको  ।

प्रतिक्रिया दिनुहोस्