७ जेष्ठ २०८१, सोमबार

कोशी प्रदेशमा फेरियो सरकार, नयाँ मुख्यमन्त्रीमा हिक्मतबहादुर कार्की

कोलोराडोखबर संवाददाता , May 10th, 2024

नेपाल । कोशी प्रदेशमा सरकार फेरिएको छ । नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतबहादुर कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

कार्कीले बिहीबार नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन भए पुग्छ ।

प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई पदमुक्त गरी बुधबार राति संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नै शुक्रबारसम्म अर्को सरकार गठनका लागि आह्वान गरेका थिए ।

केदार कार्की नेतृत्वको सरकारले बहुमत गुमाएको तर विश्वासको मत पनि नलिएको र राजीनामा पनि नदिएको भन्दै प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका हुन् । यसविरुद्ध नेपाली कांग्रेसले भने न्यायका लागि रिट बोकेर सर्वोच्च अदालत पुगिसकेको छ ।

यता, कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीवार मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङ शपथ गराएका हुन् ।

मुख्यमन्त्री कार्कीले एमालेका राम राना र माओवादी केन्द्रका गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका छन् । दुवैजना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्