७ जेष्ठ २०८१, सोमबार

युवा विधार्थीको प्रदर्शन शान्तिपूर्ण, प्रसाईँको प्रदर्शनमा प्रहरीसहित २८ जना घाइते

कोलोराडोखबर संवाददाता , November 24th, 2023

काठमाडौँ । काठमाडौँको बल्खुमा बिहीबार भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार शान्ति, सुरक्षा कायम गर्ने क्रममा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते भएका हुन् । झडपमा घाइते भएकामध्ये १७ जना उपचारपछि घर फर्केका छन् भने छजनाको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ ।

उत्तेजित भीडको ढुङ्गा प्रहारबाट घाइते भएका प्रहरीको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन एक सय ५७ सेल अश्रुग्यास र पाँच राउण्ड रबरको गोली प्रहार गरिएको थियो ।

यता काठमाडौंको तीनकुनेमा नेकपा एमाले समर्थित युवा विधार्थीको प्रदर्शन भने शान्तिपूर्ण भएको छ । बल्खुमै प्रसाईँका समर्थक र युवा विधार्थीबीच केहीबेर झडप समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्