७ जेष्ठ २०८१, सोमबार

शुक्रबार अक्षय तृतीया, सर्वत र जौको सातु खाने तथा दान गर्ने दिन

कोलोराडोखबर संवाददाता , May 10th, 2024

नेपाल । शुक्रबार वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । सनातन धर्मावलम्बीले पुण्य मिल्ने विश्वासमा बाटोमा सर्वत र जौको सातु राखेर बटुवालाई खुवाउने परम्परा पनि छ ।

यो दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने गरिन्छ । ब्रह्मा–विष्णु–महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणमा उल्लेख छ । यस्तै छाता, जुत्तालगायत वस्तु पनि दान गर्ने परम्परा छ ।

गर्मीयाम भएकाले जौको सातु र सर्वत खाँदा शरीरलाई फाइदा गर्ने आयुर्वेदमा उल्लेख छ ।

अक्षय तृतीयालाई सत्ययुगादि तिथि पनि मानिएको छ । त्रेतायुगको आरम्भ यही दिनबाट भएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ। अक्षय तृतीयाकै दिन भगवान् शिव पार्वतीको विवाह भएको पुराणमा उल्लेख छ। ​

प्रतिक्रिया दिनुहोस्