७ जेष्ठ २०८१, सोमबार

ताजा समाचार

कविताः ब्याक बेन्चर्सहरू

कविताः ब्याक बेन्चर्सहरू

–लक्ष्मण आचार्य– राजनीतिमा तिनकै दबदबा छ सडकमा सदनमा तिनीहरू नै छन् सायद अघिल्लो बेन्चमा बस्नेहरू कहिल्यै त्यहाँ पुग्दैनन् वा चाहेर पनि कहिल्यै त्यहाँ पुगेनन् सुकिलो समयको सुरिलो गीत तिनले गाउँछन् उज्यालोको सपना देखाएर तिनैले हामीलाई सताउँछन् विद्यालयीय जीवनमा जसले कहिल्यै प्रश्न गरेन शिक्षकसँग कहिल्यै गरेन गृहकार्य जसले जहिल्यै ूगृहकार्य खोइ, भन्दा शिक्षकलाई आँखा तर्थ्यो आज उहीँ संसदमा छ मन्त्री मण्डलमा छ प्रतिपक्षमा छ ठेक्कामा छ कमिसनमा छ सडकमा छ पुलिसमा छ आर्मीमा छ माथ्लो तहमा छ तल्लो तहमा छ अघिल्लो बेन्चमा बस्नेहरूले देश छोडिरहेका छन् भूगोलसँगको नाता तोडिरहेका छन् देशमा भने चारैतिर उनै ब्याक बेन्चर्सहरू मात्र छन् तपाईं नै भन्नुस न महाशय यति बिग्न ब्याक बेन्चर्सहरूले शासन गरेको देश कसरी फरवार्ड हुन्छ ? –चन्द्रपुर, रौतहट ।...
नेपालमा टिकटक अझै बन्द, अदालतले पनि दिएन साथ

नेपालमा टिकटक अझै बन्द, अदालतले पनि दिएन साथ

काठमाडौँ । सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र लिखित जवाफ माग गर्दै कारण देखाउन आदेश गरेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार उक्त विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफमा गरेको छ भने यही मङ्सिर १९ गते सुनुवाइका लागि पेशी तोक्ने आदेश भएको छ । उक्त विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियोे ।...
नेपालको दोस्रो हारः विश्वकप छनोटमा नेपाल यमनसँग पराजित

नेपालको दोस्रो हारः विश्वकप छनोटमा नेपाल यमनसँग पराजित

काठमाडौँ । फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा समूह ‘ए’ अन्तर्गत मंगलबार भएको खेलमा नेपाल यमनसँग ०–२ गोलअन्तरले पराजित भएको हो । यमनको जीतमा ओमर अब्दुल अल दाहीले र मोहम्मद अब्दुल्लाह अल दाहीले समान एक एक गोल गरे । ओमरले खेलको ७२औँ मिनेटमा गोल गर्दै यमनलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ९०औँ मिनेटमा मोहम्मदले एक गोल थप्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे । नेपालले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा प्रतियोगितामा हार बेहोर्न बाध्य बन्यो । यसजीतसँगै यमनले शीर्ष तीन अङ्क जोडेको छ । नेपालको भने यो लगातार दोस्रो हार हो । यसअघि छनोटको दोस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट् ९युएई० सँग ०–४ गोलअन्तरले पराजित भएको थियो । त्यस्तै यमन बहराइनसँग ०–२ गोलअन्तरले पराजित भएको ...
टिकटक चलेन ? विकल्प बन्न सक्छ नेपालकै ‘रमाइलो’ एप

टिकटक चलेन ? विकल्प बन्न सक्छ नेपालकै ‘रमाइलो’ एप

काठमाडौं । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप 'रमाइलो' सार्वजनिक भएको छ । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एपमा  भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ । कम्पनीले कन्टेन क्रियटरलाई पनि केही समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जालहरूका छोटो भिडियो अपलोड गर्ने प्लेटफर्महरूले लोकप्रियता पाइरहेको थियो । नेपालको आफ्नै एप नहुँदा यसअघि सबै विदेशी एप नेपाली प्रयोगकर्ताहरूले प्रयोग गर्नुपर्ने बाध्यतालाई चिर्दै अब भने नेपाली उत्पादनका रूपमा मोबाइल एप नेपाली प्रयोगकर्ताहरू माझ आएको हो । नेपालमै बनेको यस एपलाई  नेपाली प्रयोगकर्त...
बालकविताः क्याल्कुलेटर

बालकविताः क्याल्कुलेटर

–रमेशचन्द्र घिमिरे– हिसाब गर्थे बाजेले औँला भाँचेर हामी हिसाब गर्दैछौँ मिसिन जाँचेर ‘यति मुरी धान भयो कोदो यति पाथी यतिको दर बेच्नुपर्दा कति हुन्छ नाति’ औँला भाँच्दै सोध्नुभयो हाम्रा बाका बाले कापी कलम झिकेँ अनि हिसाब गर्न थालेँ जोड्ने गुन्ने मेसो पाइनँ अल्मल गरेँ अनि हजुरबालाई गफ दिएँ फुर्सद छैन भनी ‘सर, मिसले दिनुभा’को गृहकार्य टन्न सकेपछि भन्छु ऐले सक्तिनँ म भन्न यसो भन्दै पढ्ने निहुँमा कोठाभित्र पसेँ क्याल्कुलेटर खोजेँ अनि हिसाब गर्न बसेँ बाहिर आई भनेँ–‘बल्ल गृहकार्य भ्याएँ धान–कोदोको हिसाब पनि मिलाएर ल्याएँ’ हजुरबाले सोध्नुभयो–‘कसो गरिस् तैँले’ तर उत्तर भन्दिनु भो मैलेभन्दा पैले भनेँ मैले–‘उत्तर मिल्यो साह्रै छक्क परेँ हो हजुरबा मैले पनि हजुरले झैँ गरेँ’ ‘लुकी लुकी क्याल्कुलेटर हान्ने बानी तेरो औँला भाँच्दै उत्तर ठ्याक्कै पार्ने बुद्धि मेरो’ हाँसी–हाँस...
कांग्रेसले खटायो इञ्जिनियरसहितको स्वयंसेवक टोली, तत्काल अस्थायी टहरा बनाउने

कांग्रेसले खटायो इञ्जिनियरसहितको स्वयंसेवक टोली, तत्काल अस्थायी टहरा बनाउने

काठमाडौँ । नेपाली कांग्रेसले भूकम्पपीडितलाई बस्ने अस्थायी टहरा तत्काल बनाउन इञ्जिनियरसहितको स्वयंसेवक टोली पठाउने भएको छ । कांग्रेस पदाधिकारीको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पीडितलाई जाडोबाट थप प्रभावित हुन नदिन तत्काल अस्थायी टहरा बनाउनका लागि स्वयंसेवक टोली पठाउने निर्णय गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले वृद्धवृद्धा र सुत्केरी भएका परिवारका लागि प्राथमिकतामा राखेर टहरा बनाउनुपर्ने सुझाव दिएको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो । बैठकमा भूकम्पप्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि हालै फर्कनुभएका कांग्रेस उपसभापति तथा उप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र पार्टीका महामन्त्री गगनकुमार थापाले प्रभावित क्षेत्रको बस्तुस्थितिबारे जानकारी गराउनुभएको थियो । कांग्रेसले सो क्षेत्रमा तत्काल टहरा बनाउनका लागि जनशक्ति...
एक महिनासम्म निषेधित क्षेत्र घोषणा, के होला प्रसाईँ र युवा विधार्थीको प्रदर्शन ?

एक महिनासम्म निषेधित क्षेत्र घोषणा, के होला प्रसाईँ र युवा विधार्थीको प्रदर्शन ?

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पद्य्मोदय मोडबाट सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलाबाट बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै ४ गतेदेखि ३० दिनसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न प्रशासनले निषेधात्मक आदेश जारी गरेको छ । एक वा सोभन्दा बढी समूहद्धारा एकै मिति, समय र स्थानमा भेला भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रम आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवम् भिडन्त भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने कारणले माइतीघर मण्डलाबाट बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताउनुभयो । आ...
दाताहरुबाट थप सहयोग उपलब्ध गराउने प्रतिबद्धतासंगै नेपाली घरको एघारौं साधारण सभा सम्पन्न

दाताहरुबाट थप सहयोग उपलब्ध गराउने प्रतिबद्धतासंगै नेपाली घरको एघारौं साधारण सभा सम्पन्न

-नातिबाबु भट्ट/कोलोराडो । कोलोराडोमा सकृय नेपाली भाषी समुदायको साझा संस्था नेपाली घरको एघारौं साधारण सभा गत आईतबार एक समारोह बीच सम्पन्न भएको छ । हेल्पिङ हेण्डका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि समाजसेवी नारायण श्रेष्ठ, समाजसेवी डा बिजयराज शर्मा, नेपाली घरका सल्लाहकारद्वय पुरुषोत्तम पाण्डे, रमेश गुरूङ र नेपाली घरका अध्यक्ष जगदीश चन्द्र ढकाल बाट संयूक्त्त रूपमा पानसमा बत्ती बालेर उद्धाटन गरिएको ११औं साधारण सभामा कोलोराडो स्थित प्रायः सबै संघ संस्थाका अध्यक्ष एबं प्रतिनिधी, बुद्धिजिवी, उद्योगी, व्यवसायी र नेपाली घरका पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो । नेपाली सांस्कृतीक केन्द्र भवनमा सम्पन्न कार्यक्रमा नेपाली घरका निवर्तमान अध्यक्ष लछुमन रानाले हालै खरिद नेपाली सांस्कृतिक केन्द्र भवनको मर्मत संभार तथा सिटी संग भए गरेका कृयाकलापको प्रगती बिवरण प्रश्तुत गरेका थिए । ...
‘छठको आदिभूमि’मा सर्वधर्म र सर्वजातको साझा पर्वको रुपमा मनाइयो छठ

‘छठको आदिभूमि’मा सर्वधर्म र सर्वजातको साझा पर्वको रुपमा मनाइयो छठ

रौतहट । छठ पर्वलाई लोकपर्वको रुपमा सर्वत्र चिनिएको छ । विश्वभर फैलिइसकेको लोकपर्व छठको ‘आदिभूमि’ भनेर चिनाउँदै गरिएको रौतहटको समनपुरस्थित बागमती किनारको छठघाटमा भने सबै धर्म र सबै जातले छठपर्वलाई समान आस्थाको रुपमा मनाउने गरेको पाइएको छ । समनपुरस्थित छठघाटमा धार्मिक कार्यक्रमको लागि सजाइएको मंचमा बज्जिका भाषामा लेखिएको छ – “समनपुरमा उत्पत्ति भएर विश्वभर विस्तार भइसकेको छठ पबनीको आदिभूमि समनपुर छठघाटमा सम्पूर्ण व्रतालु, श्रद्धालु र आगन्तुकलाई स्वागत गर्दै सबैको मनकामना पूरा होओस् भन्ने शुभकामना व्यक्त गर्दछौँ ।” रौतहटको गढीमाई नगरपालिका २ समनपुरका वडाध्यक्ष दीपेन्द्र श्रेष्ठ भन्छन् – “छठ पबनीको आदिभूमि समनपुरको बागमती किनारमा सबै धर्मावलम्बीले श्रद्धा, निष्ठा र भक्तिपूर्वक छठ पर्व गरेका छन् ।” मधेशी समुदायको बाहुल्य रहेको र केही परिवारमात्र नेवार रहेको वडाको वडाध्यक्ष पदमा दुई पटक निर...
सहकारीका सदस्यहरु सदस्य जस्तै कहिले बन्ने ?

सहकारीका सदस्यहरु सदस्य जस्तै कहिले बन्ने ?

–प्रतिमान पौडेल– यतिबेला संसारभर वित्तीय समस्या छ । नेपालमा त झन त्यसको असर पर्ने नै भयो । यो मुलुकका शासकहरु वित्तीय संकट समाधानमा होइन, सत्ता जोगाउने र प्राप्त कसरी गर्न सकिन्छ भन्ने मै व्यस्त छन् । सत्तापक्ष, प्रतिपक्ष, नयाँ पुराना सबै दल कसैलाई सत्ता जोगाउने ध्याउन्न छ भने कसैलाई मिसन ८४ को हावाले छोइसकेको छ । मुलुक टाट पल्टिन लागि सक्यो, यिनलाई भने सत्ताकै मात्र चिन्ता छ । सत्तामा गएर केही खोज्यो भने पनि गर्नेलाई गर्न नदिने हाम्रो मुलुकको दुर्भाग्य बन्दै आएको छ । हाम्रो निर्वाचन प्रणाली पनि ठिक छैन, कसैको बहुमत आउने अवस्था छैन । त्यसै कारण गठबन्धन बन्छ, गठबन्धन भनेको स्वार्थ समुह हो । हामी जनता पनि उस्तै हौ, एउटा पार्टीलाई बहुमत नदिने, सबैलाई भोट बाड्ने अनि यस्तै गठबन्धनको सरकार नभएर के हुन्छ ? यस्तो सरकारबाट मुलुकको उन्नती प्रगतिको अपेक्षा कसरी गर्ने ? सबै मिलेर वित्तीय संकट स...