७ जेष्ठ २०८१, सोमबार

नेपाली राष्ट्रिय टोली लण्डनमा सम्मानित

कोलोराडोखबर संवाददाता , May 10th, 2024

बेलायत । नेपाली राष्ट्रिय टोलीका खेलाडी लन्डनस्थित नेपाली दूतावासमा सम्मानित भएका छन् ।

विहिबार साँझ दूतावासमा आयोजित समारोहमा खेलाडी र अफिसियलका साथै आयोजक, स्वयमसेवक र प्रायोजकसमेतलाई सम्मान गरिएको हो ।

सो टोलीले मे ६ मा अल्डरसटमा इंग्ल्यान्ड ‘सी’ संग ऐतिहासिक फुटबल खेलेको थियो ।

कार्यक्रममा राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली टोलीका खेलाडीहरुसंगै प्रशिक्षक र व्यवस्थापन समूहका सदस्यहरुलाई खादा ओढाएर सम्मान गरे ।

खेल आयोजक अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष साहिद अजिम, इंग्ल्याण्ड एफएका नेश्नल लिग प्रमुख लरेन्स जोन्स लगायतलाई पनि सम्मान गरे ।

प्रतिक्रिया दिनुहोस्