७ जेष्ठ २०८१, सोमबार

ताजा समाचार

नेपाली समाज टेक्ससको अध्यक्षमा राजेन्द्र वाग्ले निर्वाचित

नेपाली समाज टेक्ससको अध्यक्षमा राजेन्द्र वाग्ले निर्वाचित

अमेरिका । नेपाली समाज टेक्सस (एनएसटी) को अध्यक्षमा पुनः राजेन्द्र वाग्ले निर्वाचित भएका छन् । उनले अब २ वर्ष संस्थाको नेतृत्व गर्ने भएका हुन् । शनिबार सम्पन्न निर्वाचनको नतिजा आइतबार बिहान प्रकाशित हुँदा ८८५ मतसहित वाग्ले अध्यक्षमा निर्वाचित भएका हुन् । पाएका छन् । उनका प्रतिद्वन्द्वी कमलराज सत्यालले ६११ मत पाएका छन् । नेपाली समाज टेक्ससमा सदस्य रहेका दुईहजार ५ सय १२ सदस्यमध्ये एकहजार ५ सय ६४ जनाले मतदान गरेका थिए । संस्थाको वरिष्ठ उपाध्यक्षमा जनक भण्डारी, उपाध्यक्षमा बलराम पौडेल, महासचिवमा विजय भुसाल, सचिवमा पुण्य पाण्डे, कोषाध्यक्षमा रामकृष्ण यादव, सहकोषाध्यक्षमा गोबिन्दराज जोशी, युवा संयोजकमा प्रविश श्रेष्ठ, स्पोर्टस संयोजकमा निलेश श्रेष्ठ निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा साबित्री भण्डारी र महिला संयोजकमा शान्ताकुमारी गिरी निर्विरोध भएका थिए । त्यस्तै कार्यसमितिका सदस्यहरुमा र...
एमालेको संकल्प यात्रा पाँचथरको चिवाभन्ज्याङ पुगेर समापन

एमालेको संकल्प यात्रा पाँचथरको चिवाभन्ज्याङ पुगेर समापन

नेपाल । बैतडीको झुलालघाटबाट सुरु भएको नेकपा एमालेको संकल्प यात्रा पाँचथरको चिवाभन्ज्याङ पुगेर समापन आइतबार समापन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले चिवाभन्ज्याङको जंगे पिलरमा चन्द्र सूर्य अंकित झण्डा फहराएर संकल्प यात्राको समापन गरेका हुन् । मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा थिए ।  ...
कविताः आक्रोश

कविताः आक्रोश

–पुरूषोत्तम आचार्य– भोकले चपाइरहेका सोमालियाका नानीहरूलाई देखेर पनि लेखिरहन सक्नुहुन्छ तपाईं मधुर प्रणयका अश्लील श्लोकहरू बमले निलिरहेका ‘गाजाका बालाहरू’लाई देखेर पनि घोकिरहन सक्नुहुन्छ तपाईं मानवताको भयानक पाठ ‘वसुधैव कुटुम्बकम्’ धर्मले रेटिरहेका करोडौँ भारतीयहरूलाई देखेर पनि छरिरहन सक्नुहुन्छ तपाईं ‘जालिम प्रेमको दुर्गन्धित सद्भाव’ मिसाइलले जलाइरहेका युक्रेनका खण्डहरहरूलाई देखेर पनि गाइरहन सक्नुहुन्छ तपाईं ‘विश्वशान्तिको दुषित गीत’ उन्छौँ हामी 'नाटो'को माला जोड्छौँ नयाँ शक्तिको यो गला यतिबेला, अफ्रिकाका हबेलीहरूमा गुन्जिरहे पनि ‘मधुर प्रणयका राग’ किन सल्किरहेछ साहारामा आक्रोशको डँढेलो ? मक्का छेवैको दरबारमा फहराइरहे पनि ‘मानवताको ध्वजा’ किन छड्किरहेछ खाडीमा आक्रोशको ज्वालामुखी ? सिङ्गै भारतवर्षका द्वीपहरूमा फैलिरहे पनि ‘आध्यात्मिक प्रवचन’ क...
भ्रष्टाचार र कुशासन अन्त्यका लागि कांग्रेस पार्टीभित्रै पनि लड्नु पर्नेछः महामन्त्री थापा

भ्रष्टाचार र कुशासन अन्त्यका लागि कांग्रेस पार्टीभित्रै पनि लड्नु पर्नेछः महामन्त्री थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकहरुमा असन्तुष्टी बढ्दै गएको बताएका छन् । महामन्त्री थापाले शनिबार पाल्पामा आयोजित कार्यक्रममा संघीय, प्रदेश र स्थानीय सरकारमा कांग्रेस भएका बेला नागरिक चरम असन्तुष्ट भएको बताएका हुन् । थापाले नेपाली जनतालाई झुक्काउने मात्र काम भएकाले निराशा छाएकाले अब सुशासन र भ्रष्टाचार न्यूनिकरण गरेको देखाउनुपर्ने बेला आएको धारणा राखे । २०४६ सालपछि बनेका सरकार, उच्च प्रशासकहरुको सम्पत्ती उच्चस्तरीय छानविन समिति बनाएर उसको सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाई छ । महामन्त्री थापाले भ्रष्टाचार र कुशासन अन्त्यका लागि कांग्रेस पार्टीभित्रै पनि लड्ने उनले बताए ।...
कवि पुरुषोत्तम आचार्यको ‘जुनेली’ माथि लघु समीक्षात्मक टिप्पणी

कवि पुरुषोत्तम आचार्यको ‘जुनेली’ माथि लघु समीक्षात्मक टिप्पणी

–निमेष निखिल– कवि पुरुषोत्तम आचार्यको साझा प्रकाशनबाट प्रकाशित खण्डकाव्य हो जुनेली । पटक पटक दोहोरिएको क्लिसेयुक्त कथानक बोकेको जुनेली खण्डकाव्यले कथित दलित वर्गकी नायिका जुनेली र जनजाति पृष्ठभूमिको धनेलाई मुख्यपात्रका रूपमा उभ्याएको छ । उही मुखियाको शोषण, बलात्कार जस्ता विषयको पुनरुक्ति यस काव्यमा पाइन्छ । जुठे दमाई, धने, जुनेली, मुखिया जस्ता पात्रहरू खण्डकाव्यमा आएका छन् र तिनको चरित्र विकास सहज र स्वाभाविक रूपमन गरिएको छ । पहाडी जस्तो लाग्ने ग्रामीण परिवेश, गाउँ, गाउँमाथिको मितेरी डाँडो र त्यहाँ रहेको चौतारो, धने र जुनेलीले गाईवस्तु चराएको जङ्गल आदि परिवेशले कविकै जन्मभूमि मकवानपुर हर्नामाडी आसपासको परिवेशको झल्को दिएको छ । सामाजिक शोषणबाट मुक्तिका लागि क्रान्ति र वर्गसङ्घर्ष आवश्यक छ भन्ने मार्क्सीय वैचारिकीको प्रस्तुति काव्यको केन्द्रीय कथ्य हो । काव्यको भाषा र कवित्व बेजोड छ, जस्...
गोकर्ण रिसोर्टको तामझामपछि प्रधानमन्त्रीलाई खुल्लापत्र !

गोकर्ण रिसोर्टको तामझामपछि प्रधानमन्त्रीलाई खुल्लापत्र !

–नरेन्द्रजंग पिटर– अध्यक्ष प्रचण्ड, तपाईंले गोकर्ण रिसोर्टमा नातिनीको तामझाम प्रदर्शन विवाह आयोजन गरेर गलत सन्देश दिनु भो, गलत गर्नु भो । पार्टी सुप्रिमोको हैसियतले, प्रधानमन्त्रीको हैसियतले, जनयुद्धको पहिलो पंग्तीको सबभन्दा अगुवा कमाण्डर, परिकल्पनाकारको हैसियतले गोकर्णबाट दिन खोज्नु भएको सांस्कृतिक र सामाजिक सन्देश गलत छन । समयको चयन अझ गलत छ । जाजरकोट र रुकुममा देशले ब्यहोरिरहेको प्राकृतिक विपत, तराईमा सितलहरको चिसोले कठ्याङ्गृएर मृत्यूबरन, कार्यकर्ताहरू रूपान्तरणमा देशव्यापी खटिरहेको अवस्था, विराधी र दुश्मनको घेराबन्दीमा परिरहेको अवस्था, आम जनतामा राजनीति प्रति निराशा र वितृष्णा पलाइरहेको अवस्था, नेताप्रति आक्रोशका अनेकौं रुप र चरित्र सडकमै छताछुल्ल भएको अवस्थामा गोकर्णको कलाविहीन नाटकले तपाईँलाई दीर्घकालीन असर परिरहनेछ । तपाई स्वयंले आलोचना, विरोध र उछितो खन्ने शीर्षक दिनुभयो । जनयु...
अमेरिकाको बोस्टनमा ‘सुसेली साँझ’ हुँदै, सम्पूर्ण तयारी पूरा

अमेरिकाको बोस्टनमा ‘सुसेली साँझ’ हुँदै, सम्पूर्ण तयारी पूरा

–सुपेन्द्र बस्नेत/बोस्टन । अमेरिकाको बोस्टन सहरमा आयोजना हुन गइरहेको सांस्कृतिक कार्यक्रम ‘सुसेली साँझ’ को तयारी पूरा भएको छ । बोस्टन स्थित 'बोस्टन लोक सुसेली समूह'ले यही डिसेम्बर १६ तारिख शनिबार 594 Washington Street, Braintree, MA-02184 स्थित पशुपतिनाथ बुद्ध मन्दिरमा आयोजना गर्न लागेको कार्यक्रमको आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ। संस्थाका संस्थापक तथा लोक तथा दोहोरी गीत गायक मिन केसीका अनुसार कार्यक्रम स्थलको व्यवस्थापन, अतिथिहरुलाई निम्तो, सहयोग टिक बिक्री, प्रचारप्रसार, माइक तथा क्यामराको व्यवस्थालगायत अन्य तयारीका कामहरु पुरा भएका छन् । गायक केसीले कार्यक्रमको मुख्य उद्देश्य ‘इन्द्रेणी कोष’का लागि आर्थिक सहयोग जुटाउने भएतापनि, नेपाली गीत तथा संगीतमय माहोल बनाएर सहभगीहरुलाई भरपूर मनोरञ्जन दिलाउने गरी आवश्यक तयारी पूरा गरिएको जानकारी दिएका छन् । उक्त कार्यक्रमका प्रमुख आकर्षक...
नेपाली कांग्रेसको महासमिति बैठक पुसबाट फागुनमा सर्यो

नेपाली कांग्रेसको महासमिति बैठक पुसबाट फागुनमा सर्यो

काठमाडौं । पसुको दोस्रो साता बोलाइएको नेपाली कांग्रेसले महासमिति बैठक फागुनको पहिलो सातामा हुने गरी सारिएको छ । शुक्रबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासचिव बैठक पुस १६–१९ गतेलाई सारेर फागुन ७–१० गतेसमम गर्ने निर्णय गरेको हो । पुसको जाडोमा जिल्ला–जिल्लाबाट सदस्य आउन गार्‍हो हुने भन्दै फागुनमा बैठक सार्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकमा प्रस्ताव राखेका थिए ।...
अभिनेता पल शाहको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चको अनुमति

अभिनेता पल शाहको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चको अनुमति

काठमाडौं । सर्वोच्च अदालतले अभिनेता पल शाह विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको छ । यसअघि उच्च अदालत पोखराले प्रमाणहरूको समुचित मूल्यांकन नगरी फैसला गरेको भन्दै सर्वोच्चले शाहविरुद्धको फैसला दोहोर्‍याएर हेर्न अनुमति प्रदान गरेको हो । पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानमा रहेको स्वीकारोक्तिलगायतका प्रमाणको समुचित मूल्यांकन नभएको सर्वोच्चको भनाइ छ । अभिनेता शाहले बलात्कार गरेको भन्दै एक गायिकाले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुरमा जाहेरी दिएकी थिइन् । उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको थियो । ...
डा. केसीको अनशन धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा

डा. केसीको अनशन धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा

नेपाल । डा. गोबिन्द केसी फेरि अनशन बसेका छन् । कैलालीको गेटास्थित प्रस्तावित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनशन सुरु गर्न पुगेका उनलाई अवरोध गरिएपछि धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका छन् । उनले शुक्रबार राति सात बजेदेखि धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका हुन् । विश्वविद्यालय पुनर्स्थापना संघर्षरत समूहले डा. केसीलाई विश्वविद्यालय रोकेर प्रतिष्ठान स्थापनाको माग उठाएर विश्वविद्यालय निर्माण प्रक्रियालाई बिथोल्न खोजेको आरोप लगाउँदै अवरोध गरेका हुन् । केसीले विगतमा भएका सम्झौता कार्यान्वयन, सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप, क्षमता वृद्धि र निःशुल्क औषधिको सुनिश्चितताको माग राखेर अनशन बसेको बताए । ...