७ जेष्ठ २०८१, सोमबार

ताजा समाचार

प्रज्ञा प्रतिष्ठानका कुलपति राई र प्राज्ञ बस्नेत अमेरिकामा सम्मानित

प्रज्ञा प्रतिष्ठानका कुलपति राई र प्राज्ञ बस्नेत अमेरिकामा सम्मानित

अमेरिका । प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र प्राज्ञ बाबा वस्नेतलाई अमेरिकाको मेरिल्याण्डमा सम्मान गरिएको छ । मेरिल्याण्ड जनरल एसेम्बलीको तर्फबाट मेरिल्याण्डका डेलिगेट ह्यारी भण्डारीले राई र बस्नेतलाई उक्त सम्मान प्रदान गरेका हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफूलाई गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले सम्मानबाट आफूलाई नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नामा समर्पित हुन प्रेरणा मिलेको बताए । प्राज्ञ बस्नेतले प्रज्ञा प्रतिष्ठानबाट साहित्यका हरेक विधाको उन्नयनका निम्ति कार्ययोजना तर्जुमा भएको बताइन् । मेरिल्याण्ड राज्यका डेलिगेट भण्डारीले नेपाली भाषा संस्कृतिको जगेर्नाको लागि सबै प्रवासी नेपालीको प्रयास हुनुपर्नेमा जोड दिए । ...
सिंगारियो जनकपुर, शुरु भयो विवाहपञ्चमीको रमझम 

सिंगारियो जनकपुर, शुरु भयो विवाहपञ्चमीको रमझम 

नेपाल । यही पुस १ गतेका दिन परेको विवाह पञ्चमीको रमझम शुरु भएको छ । विशेष गरी जनकपुरस्थित रामजानकी मन्दिरमा विवाह पञ्चमी धुमधामका साथ मनाइन्छ । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव मंगलवारदेखि विधिवत् रुपमा सुरु भएको छ । त्रेतायुगमा भगवान् राम एवम् जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरुप मनाइँदै आएको छ । यसपालि मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म सप्ताहव्यापीरुपमा मनाइने श्रीरामजानकी विवाह महोत्सवका लागि स्वागतद्वार, पण्डाल निर्माण तथा विवाह सामग्री किनमेल गरिएको छ । महोत्सवको अन्तिम दिन आगामी पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीका रुपमा आएका साधुसन्तको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ ।...
पशुपतिनाथ बुद्ध फाउण्डेशनको अध्यक्षमा बिरोचन नेपाल, महासचिवमा गौरवराज थपलिया चयन

पशुपतिनाथ बुद्ध फाउण्डेशनको अध्यक्षमा बिरोचन नेपाल, महासचिवमा गौरवराज थपलिया चयन

अमेरिका । अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड (प्याब्फोन) को आगामी दुइ वर्षीय कार्यकाल (२०२३–२५) का लागि बिरोचन नेपालको अध्यक्षतामा २५ सदस्यीक नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको निवर्तमान अध्यक्षमा विष्णु कार्की, प्रथम उपाध्यक्षमा यलिना श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मिलनकुमार कार्की, तृतीय उपाध्यक्षमा यम पौडेल, महासचिवमा गौरवराज थपलिया, सचिवमा सञ्जय तिमल्सिना, कोषाध्यक्षमा खगेन्द्र रेग्मी, सहकोषाध्यक्षमा मुरारी पोखरेल र प्रवक्तामा परशुराम फुयाल चयन भएका छन् । गत आइतबार ब्रेन्ट्री स्थित संस्थाको आफ्नै भवनमा सम्पन्न वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।...
सुजाता घिमिरेको अध्यक्षतामा अनेसास जर्मनी च्याप्टर गठन

सुजाता घिमिरेको अध्यक्षतामा अनेसास जर्मनी च्याप्टर गठन

जर्मनी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जर्मनी च्याप्टरको अध्यक्षमा सुजाता घिमिरे चयन भएकी छिन् । नेपाली साहित्यलाई संस्थागत रुपमै अझै सशक्त बनाउने उद्देश्यले अनेसासको जर्मनी च्याप्टर गठन गरिएको हो । च्याप्टरको वरिष्ठ उपाध्यक्षमा लीलाराज कार्की, उपाध्यक्षमा शिशिर परियार, महासचिवमा रमण जैसेरी, सचिवमा गौरव तिवारी र कोषाध्यक्षमा प्रतिक्षा पोखरेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा गणेश गजुरेल, सीमा ढुंगाना, निरज सोडारी, एलिजा हुमागाईँ र कपिल अर्याल छन् । यसैगरी वरिष्ठ सल्लाहकारमा जीवा लामिछाने, सल्लाहकारहरुमा खड्ग न्यौपाने, सागर फुँयाल र सुवासचन्द्र सापकोटालाई चयन गरिएको छ ।...
अस्ट्रेलियाको नयाँ नीतिः आप्रवासीको सङ्ख्या आधा घटाइने

अस्ट्रेलियाको नयाँ नीतिः आप्रवासीको सङ्ख्या आधा घटाइने

सिड्नी । अस्ट्रेलिया सरकारले आउँदो दुई वर्षभित्र आफूले स्वीकार गर्ने विदेशी आप्रवासीको सङ्ख्या आधा घाउने जनाएको छ । देशको बिग्रिएको आप्रवासन प्रणालीलाई लयमा फर्काउने उद्देश्यले त्यसो गर्न लागिएको उसको भनाइ छ । अस्ट्रेलियाले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको सङ्ख्या घटाएर अढाई लाख बनाउने लक्ष्य राखेको छ। त्यो सङ्ख्या कोभिड महामारीअघिको जस्तै छ । नयाँ योजनाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थी र न्यून सीप भएका कामदारलाई भिसा दिने नियममा पनि त्यति सहज हुने छैन । अस्ट्रेलियामा आप्रवासन अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हुनाले आवास तथा भौतिक पूर्वाधारमा चाप बढेको बताइन्छ । तर त्यहाँ दक्ष कामदारको अभाव छ र तिनलाई आकर्षित गर्न अस्ट्रेलिया संघर्षरत छ । सन् २०२३ को जुन महिनामा विदेशबाट पाँच लाख १० हजार मानिस अस्ट्रेलिया आएका थिए । त्यो अहिलेसम्मकै सर्वाधिक सङ्ख्या हो । (–ब...
देश स्टार्ट नभएको गाडी जस्तो भयोः ओली

देश स्टार्ट नभएको गाडी जस्तो भयोः ओली

नेपाल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारप्रति कटाक्ष गर्दै देश स्टार्ट नभएको गाडी जस्तो भएको प्रतिक्रिया दिएका छन् । पार्टीले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा रामेछापमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त प्रतिक्रिया जनाएका हुन् । यधप िउनले आफ्नो पार्टीप्रति नागरिकहरुको अथाह साथ, समर्थन र उत्साह पाएको बताए । उनले भने, ‘नागरिकले देखाएको उत्साहले एमालेमा देश बनाउने संकल्प थप जागेको छ ।’ देश विदेशका सबै शक्ति एकजुट भएर नेकपा एमालेलाई हुँडारले जस्तो आक्रमण गर्दा पनि कार्यकर्ताले जोगाएको भन्दै ओलीले धन्यवाद दिए । ...
नेपाली पहिचानलाई जीवन्त राख्ने प्रयासको एनआरएनए अमेरिकाका अध्यक्ष बञ्जाडेद्वारा प्रसंशा

नेपाली पहिचानलाई जीवन्त राख्ने प्रयासको एनआरएनए अमेरिकाका अध्यक्ष बञ्जाडेद्वारा प्रसंशा

न्युयोर्क । गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा अर्जुन बञ्जाडेले संस्कृतिका माध्यमबाट अमेरिकामा नेपाली पहिचानलाई जीवन्त राख्न गरिएको प्रयासको प्रशंसा गरेका छन् । नेपालका वरिष्ठ गायक गायिका र नेपाली भाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बञ्जाडेले उक्त कुरा बताएका हुन् । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाद्वारा आइतबार आयोजित ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२३’ मा नेपालका वरिष्ठ कलाकारहरुले प्रस्तुति दिएका थिए । वरिष्ठ सङ्गीतकार न्ह्यू बज्राचार्य, गायक एवं सङ्गीतकार कालिप्रसाद बाँस्कोटा, गायिका प्रविसा अधिकारी, दोहोरीगीत प्रस्तोता कृष्ण कँडेल तथा गायक विमल डाँगी र निशा विश्वकर्माको प्रस्तुतिले यहाँ भेला भएका नेपाली भाषी दर्शकलाई निकै मनोरञ्जन दिएको थियो । सोही समारोहमा...
राहुघाट जलविद्युत् आयोजनाको निर्माण प्रभावित

राहुघाट जलविद्युत् आयोजनाको निर्माण प्रभावित

नेपाल । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाले ढुङ्गा गिट्टी, बालुवा उत्खनन् गर्न नपाउँदा निर्माण प्रभावित भएको छ । आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनमा उल्लेखित स्थानबाट झिक्न नपाउँदा ढुङ्गा गिट्टी, बालुवाको अभावमा निर्माण नै रोकिने अवस्था देखिएको छ । निर्माणका लागि आवश्यक नदीजन्य सामग्री कालीगण्डकी नदीबाट झिक्ने गरी आईईइमार्फत स्थानहरुको तय गरिएको थियो । सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको २९ असार २०७८ को एकल इजलासले कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा वातावरणीय महत्वको देखिएकाले रिटको अन्तिम टुङ्गो नलागेसम्म उक्त नदीको प्राकृतिक बवावलाई पथान्तरण गरी जलाशय बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनास गर्नेलगायतका प्राकृतिक बहाव र पर्यापरण प्र...
कांग्रेसकै अनुसार देश अघिबढिरहेको बेला किन कुशासनका घटना भइरहेका छन् ?-थापा

कांग्रेसकै अनुसार देश अघिबढिरहेको बेला किन कुशासनका घटना भइरहेका छन् ?-थापा

नेपाल । नेपाली कांग्रेसको मुखपत्र मुखपत्र नेपाल पुकार लामो समयपछि प्रकाशन शुरु भएको छ । कार्यक्रममा महामन्त्री गगन थापाले नागरिक कुशासनले सबैभन्दा आजित भएको बताए । कुशासन नियत वा अयोग्यतासँग जोडिएको चर्चा गर्दै महामन्त्री थापाले एउटा काण्ड सेलाउन नपाउँदै अर्को काण्ड चर्चामा आउने गरेको बताए । सुशासन कांग्रेसको वाचा मात्रै नभई त्यसैको लागि जन्मिएको पार्टी भएको दाबी गरे । उनले भने, ‘कांग्रेस सरकारमा रहेको, ठूलो दल भएको, कांग्रेसकै अनुसार देश अघि बढिरहेको बेलामा किन कुशासनका घटना भइरहेका छन् ?’  ...
अमेरिकामा फेरि अर्को गोली काण्ड, ३ जनाको मृत्यु

अमेरिकामा फेरि अर्को गोली काण्ड, ३ जनाको मृत्यु

– एजेन्सीहरुबाट । अमेरिकामा फेरि गोली काण्ड दोहोरिएको छ । जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका हुन् । एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीनजना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एक जना घाइते अवस्थामा भेटिएका थिए । घाइतेलाई अस्पताल पुर्‍याइएको छ । घटना लागुऔषध कारोबारसँग जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।...