३ आश्विन २०८३, शनिबार

खेलकुद

युएईमा नेपाली तेक्वान्दो खेलाडी घर्ती मगर सम्मानित

युएईमा नेपाली तेक्वान्दो खेलाडी घर्ती मगर सम्मानित

नेपाल । नेपाली तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगरलाई युएई तेक्वान्दो फेडेरेसनले २०२५–२०२६ खेल सत्रका तेक्वान्दो च्याम्पियनसिपमा रेफ्रीको माधयमबाट गरेको उत्कृष्ट योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरेको छ । युएई तेक्वान्दो फेडेरेसनको बोर्ड अफ डाइरेक्टर्सले जारी गरेको प्रशंसापत्रमा घर्ती मगरले विभिन्न तेक्वान्दो प्रतियोगितामा रेफ्रीको रूपमा देखाएको महत्त्वपूर्ण, विशिष्ट र उदाहरणीय कार्य सम्पादनले फेडेरेसनका कार्यक्रम तथा प्रतियोगिताहरू सफल बनाउन भूमिका खेलेको उल्लेख गरिएको छ। तेक्वान्दो क्षेत्रमा निरन्तर सक्रिय घर्ती मगर सन् २०११ मा रोजगारीका लागि युएई पुगेका थिए प्रारम्भिक समयमा उहाँले सिक्युरिटी गार्डका रूपमा काम गर्नुभएको थियो । खेलप्रतिको लगाव र अथक मिहिनेतका कारण उहाँले तेक्वान्दो क्षेत्रमा आफ्नो यात्रा अघि बढाउँदै सन् २०१६ देखि युएईमा तेक्वान्दो प...
नेपाल एसियन गेम्म पुरुष छनोट प्रतियोगिताको च्याम्पियन

नेपाल एसियन गेम्म पुरुष छनोट प्रतियोगिताको च्याम्पियन

नेपाल । नेपाल एसियन गेम्म पुरुष छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । सिङ्गापुरस्थित सिङ्गा ओभल मैदानमा सोमबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १९ रनले हरायो । नेपालले अपरािजत रहँदै उपाधि जितेको हो । वर्षाले प्रभाविक खेलमा हङकङले दिएको एक सय ८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा दुई विकेटको क्षतिमा एक सय १४ रन बनाउँदा भारी वर्षा भएपछि खेल रोकिएको थियो । त्यसपछि खेल सुचारु हुन नसक्दा नेपाल डकवर्थ लुईस प्रणाली (डिएलएस) का आधारमा विजेता बनेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रनब नाउनुभयो । उहाँले ४० बलमा आठ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । रोहितकुमार पौडेलले ३५ रन बनाउनुभयो । बलिङमा हङकङका आयुश शुक्ला र इशान खानले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८८ रन बनाएको थियो...
फिफा विश्वकपमा जान एन्फाका अध्यक्ष र महासचिवलाई राखेपको रोक

फिफा विश्वकपमा जान एन्फाका अध्यक्ष र महासचिवलाई राखेपको रोक

नेपाल । फिफा विश्वकप–२०२६ को उद्घाटन सत्रमा सहभागिता जनाउन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पङ्कज विक्रम नेम्वाङ र महासचिव किरण राईलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) रोक लगाएको छ । विदेश जान पाउनु पर्ने माग राख्दै पङ्कज र किरण सोमबार राखेप पुगेका थिए । राखेपका सदस्य सचिव रामचरित्र मेहतासँग विदेश यात्राका लागि सहज बनाइदिन आग्रह गरे पनि राखेपले पङ्कज र किरणलाई विदेश यात्राको रोक्का फुकाउन अस्वीकार गरेको हो । अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपका लागि एन्फा अध्यक्ष र महासचिव सोमबार नै मेस्सिको जाने तरखरमा थिए । विश्वकपको उद्घाटन शनिबार तीन वटै देशमा हुँदैछ । आर्थिक अनियमितताको छानबिनका लागि राखेपको सिफारिसमा अध्यागमन विभागले गत वैशाख ११ गते एन्फा अध्यक्ष र महासचिवसहित २४ जनालाई विदेश जान रोक लगाएको थियो । यसअघि एन्फालाई तहगत निर्वाचन नगरेको भन्दै राख...
एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने

एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने

नेपाल । सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार दोस्रो सेमिफाइनमाल मलेसियालाई ६ विकेटले हराउँदै हङकङ फाइनल पुगेको हो। सुरुमा ब्याटिङ गर्दैै मलेसियाले दिएको ११५ रनको लक्ष्य हङकङले चार विकेटको क्षतिमा १८ ओभर २ बलमा १२० रन पुरा गर्दै भेट्टाएको हो। यसअघि सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई आठ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको छ। नेपाल र हङकङबिचको फाइनल भिडन्त सोमबार सिङ्गापुरमा हुने छ। पहिलो सेमिफाइनलमा जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९‍।२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि लोकेश बमले सर्वाधिक अविजित ४४ रन बनाउनुभयो। उहाँले २६ बलमा सात चौका र एक छक्का हान्नुभयो। ओपनर कुशल भुर्तेलले २० र रोहित पौडेलले अविजित २१ र...
एसिसी महिला प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा हङकङसँग नेपाल पराजीत

एसिसी महिला प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा हङकङसँग नेपाल पराजीत

नेपाल । नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङसँग लज्जास्पद हार खेपेको छ । कोलेज टुङ्कु जाफर क्रिकेट ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भयो । जितका लागि एक सय १० रनको लक्ष्य पछ्याएको नेपाल १३।३ ओभरमा सबै विकेट गुमाएर ४० रनमा समेटिएको थियो । नेपालका लागि सोनी पाख्रिनले सर्वाधिक १२ र रुबिना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपाललाई सस्तैमा समेट्न बलिहङकङका इकरा सहरले चार विकेट लिनुभयो । चान का र मार्यम बिबीले दुई दुई तथा सिउ मेइ र जोइलिन धलिवालले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा तीन विकेटको क्षतिमा एक सय नौ रन बनाएको थियो । हङकङका लागि यासमिन दसवानीले अविजित सर्वाधिक ४२ रन बनाउनुभयो । यस्तै मारिको हिलले २९ र मारिना लाम्पलोहले अविज...
विश्वकप जेठ २८ गतेदेखि साउन ३ गतेसम्म, ४८ देश, १२ समूहमा

विश्वकप जेठ २८ गतेदेखि साउन ३ गतेसम्म, ४८ देश, १२ समूहमा

अमेरिका । विश्व फुटबलको महाकुम्भ मेला आउन अब केही दिन मात्र बाँकी छ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने यो विश्वकप आगामी जेठ २८ गतेदेखि साउन ३ गतेसम्म सञ्चालन हुनेछ । २३ औँ संस्करणको विश्वकप फुटबलका खेल अमेरिकाका ११ शहर, मेक्सिकोका ३ शहर र क्यानडाका २ शहरमा हुनेछन् । ४८ देश १२ समूह यस पटक कुल ४८ राष्ट्रले विश्वकपमा सहभागिता जनाइरहँदा टोलीलाई १२ समूहमा विभाजन गरिएको छ । जहाँ हरेक समूहमा कुल ४–४ वटा टोली रहेका छन् । समूह ’ए’मा आयोजक मेक्सिकोसहित दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिक रहेका छन्। त्यस्तै समूह ’बी’मा आयोजक क्यानडा, बोस्निया हर्जगोभिना, कतार र स्विट्जरल्याण्ड रहेका छन् । समूह ’सी’मा ब्राजिल, मोरक्को, हैटी र स्कटल्याण्ड रहँदा समूह ’डी’मा आयोजक अमेरिका, पाराग्वे, अष्ट्रेलिया र टर्की रहेका छन्। विश्वकप खेल्ने समूह ’इ’मा जर्मनी, कुराकाओ, आइभरी कोस...
नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बङ्गलादेशसँग पराजित

नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बङ्गलादेशसँग पराजित

नेपाल । नेपाल भारतमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बङ्गलादेशसँग पराजित भएको छ । गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा बुधबार भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल पराजित भएको हो । पहिलो हाफमा १–१ गोलको बराबरी भएको खेलको दोस्रो हाफमा नेपालले थप गोल खाएको हो । नेपालका लागि खेलको २२औँ मिनेटमा गीता रानाले गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभएको थियो । बङ्गलादेशका लागि ऋतु पोर्ण चक्मा र मिलाम सुगारोरिकाले गोल गरेपछि नेपाल २–१ ले पराजित भएको हो । यो जितसँगै बङ्गलादेश फाइनल पुगेको छ। यसअघि नेपालले समूह ‘ए’को पहिलो खेलमा भुटानलाई १–० र दोस्रो खेलमा श्रीलङ्कालाई २–० गोलले हराएर सेमिफाइनलमा स्थान बनाएको थियो । अघिल्लो संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो ।...
नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट

नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट

नेपाल । नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई नौ विकेटले हराएपछि नेपालले जापानमा आयोजना हुने आसन्न एसियन गेम्समा स्थान बनाएको हो । जितका लागि ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले ७.५ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । यसअघि पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । जितसँगै समूहबाट मलेसियाले पनि छनोट यात्रा तय गरेको छ । समूहमा लगातार दोस्रो हार खेपेको चीन छनोटबाट बाहिरिएको छ । अब समूहको अन्तिम खेलमा नेपाल र मलेसियाबिच बिहीबार प्रतिस्पर्धा हुने छ । नेपालले समूहको आफ्नो पहिलो खेलमा चीनलाई २२१ रनले हराएको थियो । समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिङ्गापुर रहेको छ । समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनोट हुने प्रावधान रहेको छ ।...
कोलोराडोमा 5th TPLA CUP 2025 अन्तर्गत 8 vs 8 Soccer Tournament हुने

कोलोराडोमा 5th TPLA CUP 2025 अन्तर्गत 8 vs 8 Soccer Tournament हुने

कोलोराडो । तमु प्ये ल्हु अमेरिकाको १२औँ वार्षिक उत्सवको अवसरमा NRNA Colorado Chapter सँगको सहकार्यमा आयोजना “5th TPLA CUP 2025” अन्तर्गत 8 vs 8 Soccer Tournament हुने भएको छ । उक्त प्रतियोगिता जुन ६ मा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म हुने जनाइएको छ । सहभागिता र एकताका लागि खेलकुद “SPORTS FOR ENGAGEMENT AND UNITY” भन्ने नारासहित हुने उक्त प्रतियोगिताले खेलकुद, सहभागिता, एकता, मित्रता तथा सामुदायिक सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा रहेको छ । कोलोराडोको बोल्डरमा हुने उक्त प्रतियोगितामा कोलोवासीहरु सबैको साथ र उत्साहपूर्ण सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ ।...
नेपाललाई अमेरिकाले महत्वपूर्ण साझेदारका रूपमा हेरेको छः रोजर्स

नेपाललाई अमेरिकाले महत्वपूर्ण साझेदारका रूपमा हेरेको छः रोजर्स

नेपाल । अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपाललाई अमेरिकाले महत्वपूर्ण साझेदारका रूपमा हेरेको बताउँदै द्विपक्षीय साझेदारी विस्तारमा जोड दिनुभएको छ । सोमबार सञ्चारकर्मीसँग भएको छलफलमा उहाँले ५५ करोड अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्टलाई नेपालको अर्थतन्त्र र ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण लगानीका रूपमा उल्लेख गर्दै यसमार्फत दुई देशबीचको साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । गत वर्ष एक लाख १२ हजार अमेरिकी पर्यटक नेपाल भ्रमणमा आएका जानकारी दिँदै उहाँले अमेरिकालाई नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजारका रूपमा चित्रण गर्नुभयो । नेपालमा नवप्रवर्तन र आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउँदै उहाँले लगानी, व्यवसाय सञ्चालन र नवप्रवर्तनका लागि वातावरण थप अनुकूल बन्दै जाँदा अमेरिकी कम्पनीहरू नेपालका अझ बलिया साझेदार बन्न सक्ने...