८ असार २०८३, सोमबार

जापानको फिफा विश्वकपमा ट्युनिसियामाथि सनसनीपूर्ण जित

कोलोराडोखबर संवाददाता , June 22nd, 2026

नेपाल । एसियाली पावर हाउस जापानले फिफा विश्वकपमा ट्युनिसियामाथि सनसनीपूर्ण जित निकालेको छ ।

समूह ‘एफ’ अन्तर्गत मोन्टेरी स्टेडियम आइतबार बिहान भएको खेलमा जापानले ट्युनिसियालाई ४–० गोलले हरायो । एकपक्षीय खेलमा जापानले पहिलो र दोस्रो हाफमा दुई दुई गोल गरेको थियो ।

जापानका लागि कामाडाले खेल सुरुभएकामे चौथो मिनेटमै गोल गर्नुभयो । उयदाले ३१औँ मिनेटमा गोल गर्दै जापानको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि इटोले ६९औँ र उयदाले ८३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै जापानलाई सजिर्लै जिताउनुभयो ।

जितसँगै दुई खेलबाट चार अङ्क बनाएको जापानले नकआउट सम्भावना बलियो बनाएको छ । जापान समूहको दोस्रो स्थानमा छ । लगातार दोस्रो हार खेपेको ट्युनिसिया एक खेल अगावै विश्वकपको समूह चरणबाट बाहिरिएको छ ।

यही समूहको अर्को खेलमा नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ गोलले हराउँदै अघिल्लो चरणमा पुग्ने आधार बलियो बनाएको छ । दुई खेलबाट चार अङ्क बनाएको नेदरल्यान्ड्स समूहको शीर्षस्थानमा छ । पहिलो हार खेपेको स्विडेन दुई खेलबाट तीन अङ्क जोड्दै तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्