विश्वकपका लागि यस्तो बन्यो उरुग्वेको टोली
नेपाल । आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ का लागि उरुग्वेको टोली घोषणा भएको छ ।
मुख्य प्रशिक्षक मार्सेलो बिएल्साले आइतबार राति २६ सदस्यीय उरुग्वे विश्वकप टोलीको घोषणा गर्नुभएको हो । दुई पटकको विश्वकप विजेता उरुग्वे यसपटक विश्पकपको समूह ‘एच’ मा रहेको छ । यस समूहमा स्पेन, साउदी अरेबिया र केप भर्डे रहेको छ ।
उरुग्वेले असार १ गते केच भर्डेसँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ । उरुग्वेले सन् १९३० को पहिलो र सन् १९५० को विश्वकप जितेको थियो ।
गोलरक्षकः सान्टियागो मेले, फर्नान्डो मुस्लेरा र सर्जियो रोचेत
रक्षकः रोनाल्ड अराउजो, सान्टियागो बुएनो, सेबास्टियन कासेरेस, जोसे मारिया जिमेनेज, माथियास ओलिभेरा, जोआक्विन पिक्वेरेज, गुइलर्मो भारेला र माथियास भिना
मिडफिल्डरः म्याक्सिमिलियानो अराउजो, जियोर्जियन डे अरास्काएता, रोड्रिगो बेन्टान्क...








