८ असार २०८३, सोमबार

स्पेनले साउदी अरेबियालाई हरायो, बेल्जियम र इरान तथा केप भर्डे र उरुग्वे बराबरी

कोलोराडोखबर संवाददाता , June 22nd, 2026

नेपाल । युवा खेलाडी लामिन यामालको सशक्त पुनरागमन र मिकेल ओयार्साबालको उत्कृष्ट दुई गोलको मद्दतले फिफा विश्वकपमा स्पेनले साउदी अरेबियामाथि ४–० को सहज जित हासिल गरेको छ।

पहिलो खेलमा नयाँ टोली केप भर्डेसँग को बराबरीमा रोकिएको स्पेनले यो खेलमा भने सुरुदेखि नै पूर्ण दबाब बनाएको थियो । मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेको टोलीले खेलको पहिलो हाइड्रेशन ब्रेक अगावै ३–० को अग्रता लिइसकेको थियो ।

यता, फिफा विश्वकप अन्तर्गत समूह जीको खेलमा बेल्जियम र इरानबिचको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा सकिएको छ ।

लस एन्जलसमा भएको यस खेलमा दुवै टोलीले गोलका केही राम्रा अवसरहरू पाए पनि गोलकिपरहरूको उत्कृष्ट प्रदर्शनका कारण अंक बाँड्न बाध्य भए। यो बराबरीसँगै दुवै टोलीले २ खेलबाट समान २–२ अंक जोडेका छन् ।

उता फिफा विश्वकप अन्तर्गत समूह एचको रोमान्चक र नाटकीय खेलमा डेब्युट्यान्ट टोली केप भर्डेले पूर्व विजेता उरुग्वेलाई २–२ गोलको बराबरीमा रोक्दै अर्को ठूलो सरप्राइज दिएको छ ।

मियामी स्टेडियममा भएको यस प्रतिस्पर्धात्मक खेलमा केप भर्डले दुई पटकको विश्वकप विजेता उरुग्वे विरुद्ध बलियो चुनौती पेश गर्दै एक १ अंक खोस्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्