१० असार २०८३, बुधबार

घाना र इंग्ल्यान्डलाई गोलरहित बराबरीमा, पानामाबिरुद्ध क्रोएसियाको १-० को जित

कोलोराडोखबर संवाददाता , June 24th, 2026

नेपाल । फिफा विश्वकप अन्तर्गत समूह एलको खेलमा घानाले पूर्व च्याम्पियन इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको छ ।

बोस्टनमा भएको यस खेलमा अंक बाँडेसँगै दुवै टोली नकआउट चरण (राउन्ड अफ ३२) को नजिक पुगेका छन्।

यो नतिजासँगै इंग्ल्यान्ड र घाना समूहको शीर्ष दुई स्थानमा कायम रहेका छन्। अब समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले पानामा र घानाले क्रोएसियाको सामना गर्नेछन्, जहाँ दुवै टोलीलाई अर्को चरणमा स्थान सुरक्षित गर्न मात्र १–१ अंक (बराबरी) को आवश्यकता पर्नेछ।

यसैगरी फिफा विश्वकपमा वैकल्पिक खेलाडी बुदिमिरको गोलमा क्रोएसियाले पहिलो जित निकालेको छ।

समूह एलको निकै नै रोमाञ्चक र निर्णायक खेलमा क्रोएसियाले पानामाविरुद्ध १–० को जित निकालेको हो।

क्यानडाको टोरोन्टो स्टेडियम भएको खेलमा क्रोएसियाले विश्वकपको नकआउट यात्रा कायमै राखेको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि क्रोएसियाले दोस्रो हाफको सुरुवातमै रणनीति परिवर्तन गरेको थियो।

मुख्य प्रशिक्षकले पेटार मुसाको स्थानमा मैदान प्रवेश गराएका अनुभवी फरवार्ड आन्ते बुदिमिरले खेलको ५४ औं मिनेटमा सानदार गोल गर्दै क्रोएसियाली प्रशंसकहरूलाई खुशी दिए।

प्रतिक्रिया दिनुहोस्