११ असार २०८३, बिहीबार

ब्राजिलद्वारा स्कटल्यान्ड ३-० ले पराजित

कोलोराडोखबर संवाददाता , June 25th, 2026

नेपाल । फिफा विश्वकपको समूह सीको खेलमा ब्राजिलले स्कटल्यान्डलाई पराजित गर्दै समूहको शिर्षमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ।

मयामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले पराजित गरेको हो । पहिलो हाफमा २–० को अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा १ गोल थप्यो । पहिलो हाफमा भिनिसियस जुनियरले २ गोल गरेका थिए । दोस्रो हाफमा म्याथेयस कुन्हाले गोल थपे।

ब्राजिल र स्कटल्यान्डबिचको खेलमा भिनिसियस जुनियरले खेलको सातौं मिनेटमा गोल गरेका छन् । उनले स्कटल्यान्डका गोलकिपरले राम्रोसँग कलेक्ट गर्न नसकेको बललाई गोलमा परिणत गरेका हुन् ।

खेलको पहिलो हाफमा थप गरिएको तेस्रो मिनेटमा भिनिसियस जुनियरले हेडरमार्फत गोल गर्दै खेललाई ब्राजिलको पक्षमा ल्याए। दोस्रो हाफमा पनि स्टकल्यान्डमाथि ब्राजिलकै दबदबा रह्यो। दोस्रो हाफमा खेलको ६० औं मिनेटमा म्याथेयस कुन्हाले २ डिफेन्डरलाई बिट गर्दै राम्रो गोल गरे। दोस्रो हाफमा स्कटल्यान्डले केही सट प्रहार गर्यो तर सफल कुनै भएनन्।

प्रतिक्रिया दिनुहोस्