३ आश्विन २०८३, शनिबार

खेलकुद

केप भर्ड–स्पेन, बेल्जियम–इजिप्ट र साउदी अरब–उरुग्वेबीचको खेल बराबरीमा

केप भर्ड–स्पेन, बेल्जियम–इजिप्ट र साउदी अरब–उरुग्वेबीचको खेल बराबरीमा

नेपाल । फिफा विश्वकपमा पहिलो पटक सहभागिता जनाएको केप भर्डले बलियो टोली स्पेनलाई गोलरहित बराबरीमा रोकेको छ। मात्र ५ लाख जति जनसंख्या भएको सानो राष्ट्र केप भर्डले लुइस डे ला फुएन्टेको कप्तानीमा रहेको स्पेनिस टोलीविरुद्ध उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गर्‍यो। खेलभरि स्पेनले अपेक्षित रूपमा बल आफ्नो नियन्त्रणमा राखे पनि केप भर्डको संगठित र दृढ रक्षापंक्तिका अगाडि उसका स्टार स्ट्राइकरहरू फिक्का साबित भए । यता, फिफा विश्वकप २०२६ अन्तर्गत समूह जीको रोमाञ्चक खेलमा बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । मेरिकाको सियाटलमा पहिलो पटक आयोजना भएको विश्वकप खेलमा इजिप्ट ऐतिहासिक जितको नजिक पुगेर पनि आत्मघाती गोलका कारण अभागी साबित भयो । यसैबीच, फिफा विश्वकप २०२६ अन्तर्गत मियामी स्टेडियममा भएको समूह एचको दोस्रो खेलमा साउदी अरब र पूर्व विश्व विजेता उरुग्वेले १–१ गोलको ब...
जापान र नेदरल्यान्ड्सले फिफा विश्वकपको पहिलो खेलमा बराबरी खेल्दै अंक बाँडे

जापान र नेदरल्यान्ड्सले फिफा विश्वकपको पहिलो खेलमा बराबरी खेल्दै अंक बाँडे

नेपाल । एसियाली पावर हाउस जापान र उपाधि दावेदार नेदरल्यान्ड्सले फिफा विश्वकपको पहिलो खेलमा बराबरी खेल्दै अंक बाँडेका छन् । अमेरिकाको डालास स्टेडियममा आइतबार राति भएको खेलमा जापान र नेदरल्यान्डस्ले २–२ गोलको रोमाञ्चक बराबरी खेले । खेलमा सुरुवाती अग्रता नेदरल्यान्ड्सले लिएको थियो । ५१औँ मिनेटमा कप्तान भर्जिल भान डाइकले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । त्यसपछि ५७औँ मिनेटमा केइतो नाकामुराले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । त्यसपछि ६४औँ मिनेटमा क्रिसेन्सियो समरभिलले उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः अग्रता दिलाउनुभयो । तर, ८८औँ मिनेटमा डाइची कामाडाले गोल गर्दै जापानलाई हारबाट जोगाउनुभयो । समूह ‘एफ’ मा पहिलो बराबरीसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । यही समूहको अर्को खेलमा स्विडेनले ट्युनिसियालाई ५–१ गोलले हराएको छ । जितसँगै तीन अङ्क बनाएको स्वीडेन समूह ‘एफ’ को शीर्षस्...
अस्ट्रेलियाले टर्कीलाई २-० गोलले हरायो

अस्ट्रेलियाले टर्कीलाई २-० गोलले हरायो

नेपाल । अस्ट्रेलियाले फिफा विश्वकपमा विजयी सुरुवात गरेको छ । समूह ‘डी’ अन्तर्गत आइतबार बिहान भएको खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० गोलले हरायो । टर्कीमाथि एकपक्षीय प्रदर्शन गरेको अस्ट्रेलियालेले २७औँ मिनेटमा नेस्टोरी इरानकुन्डा र ७५औँ मिनेटमा कोनर मेटाकाल्फले गोल गर्नुभयो । पहिलो जितसँगै अस्ट्रेलियाले तीन अङ्क बनाएको छ । टर्कीले हारबाट विश्वकपको सुरुवात गरेको छ । यस समूहका आयोजक अमेरिकाले पनि तीन अङ्क बनाएको छ । अमेरिकाले पारावेलाई ४–१ गोलले हराएको थियो । यस्तै समूह ‘बी’ अन्तर्गत शनिबार राति भएको खेलमा कतार र स्विट्जरल्यान्डले १–१ गोलको बराबरी खेलेका छन् । खेलमा सुरुवाती अग्रता स्विट्जरल्यान्डले लिएको थियो । १७औँ मिनेटमा ब्रिल एम्बोलोले पेनाल्टीमा गोल गर्दै टोलीको उत्साह जगाउनुभयो । तर दोस्रो हाफको इन्जुरी समयमा स्विट्जरल्यान्डका मिरो मुहेमको प्रहार आत्मघाती गोलमा परिणत भएपछि कतारको खु...
कुरासाओ बिरुद्ध जर्मनी ७-१ ले विजयी, जापान र नेदरल्याण्ड्स २-२ गोलको बराबरी

कुरासाओ बिरुद्ध जर्मनी ७-१ ले विजयी, जापान र नेदरल्याण्ड्स २-२ गोलको बराबरी

नेपाल । चार पटकको विश्वविजेता जर्मनीले फिफा विश्वकपमा पहिलो पटक डेब्यु गरेको टापु राष्ट्र कुरासाओमाथि ७–१ को भारी गोलअन्तरले सानदार जित दर्ता गरेको छ। ह्युस्टन स्टेडियममा सम्पन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्रशिक्षक जुलियन नागेल्सम्यानको टोलीले प्रतियोगितामा सुखद सुरुआत गरेको हो। जर्मनीका लागि काई हाभर्ट्जले दुई गोल गरे भने फेलिक्स नमेचा, निको स्लोटरबेक, जमाल मुसियाला, नथानिएल ब्राउन र डेनिस उन्दाभले एक–एक गोल थपे । कुरासाओका लागि लिभानो कोमेनेन्सियाले एक गोल फर्काए । त्यस्तै फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको पहिलो खेलमा एसियाली पावरहाउस जापानले बलियो प्रतिद्वन्द्वी नेदरल्याण्ड्सलाई २–२ गोलको रोमाञ्चक बराबरीमा रोकेको छ। डलास स्टेडियममा सम्पन्न खेलमा दुई पटक पिछडिएको स्थिति उल्ट्याउँदै जापानले खेलको अन्तिम समयमा महत्त्वपूर्ण अङ्क खोस्न सफल भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए...
कतार र स्विट्जरल्यान्डबीचको खेल १–१ को बराबरीमा

कतार र स्विट्जरल्यान्डबीचको खेल १–१ को बराबरीमा

नेपाल । फिफा विश्वकपको समूह ‘बी’ अन्तर्गत कतारले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको छ । डिफेन्डर बुआलेम खुखीले हेडमार्फत बराबरी गोल गरे । खेलभरि दबाब कायम राखेको स्विट्जरल्यान्डले पहिलो हाफमा पेनाल्टीमार्फत अग्रता लिएको थियो। भिसा सम्बन्धी ढिलाइपछि मात्र अमेरिकामा प्रवेश अनुमति पाएका ब्रिल एम्बोलोले १७औँ मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै स्विस टोलीलाई १–० ले अगाडि बढाएका थिए । तर त्यसपछि प्राप्त अन्य अवसरहरूको सदुपयोग गर्न नसक्दा स्विट्जरल्यान्डले जित गुमायो । १३औँ मिनेटमा कतारका गोलरक्षक महमुद अबुनादाले एम्बोलोलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त क्रममा अबुनादाले पहेंलो कार्ड पनि पाए । एम्बोलोले १७औँ मिनेटमा शान्त रूपमा पेनाल्टीलाई जाली चुमाउँदै बललाई गोलपोस्टको माथिल्लो बायाँ कुनामा प्रहार गरेपछि लेभाइस स्टेडियममा उपस्थित स्व...
ब्राजिल मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकियो

ब्राजिल मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकियो

नेपाल । फिफा विश्वकपमा ब्राजिल मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिएको छ। अमेरिकाको न्यु जर्सी रंगशालामा आज विहान भएको खेलमा ब्राजिल र मोरक्को बीचको खेल बराबरीमा सकिएको हो । खेलको २१‍औँ मिनेटमा इस्माइल साइबारीको गोलमार्फत मोरक्कोले अग्रता कायम गरेको थियो । तर, ३२औँ मिनेटमा ब्राजिलका भिनिसियस जुनियरले गोल गर्दै खेललाई बराबरीमा ल्याए । दोस्रो हाफमा भने कुनै पनि गोल हुन सकेन । विश्वकप इतिहासमा ब्राजिल र मोरक्कोबीच यो दोस्रो खेल हो । यहि समुहको अर्को खेलमा हाइटी र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार आज बिहान पौने ७ बजे बोस्टनमा शुरु भएको छ ।...
अमेरिकाले पाराग्वेलाई ४-१ गोलले हरायो

अमेरिकाले पाराग्वेलाई ४-१ गोलले हरायो

नेपाल । आयोजक अमेरिकाले फिफा विश्वकप-२०२६ को पहिलो खेलमा पाराग्वेविरुद्ध सानदार जित निकालेको छ । लस एन्जलस रङ्गशालामा शनिबार बिहान भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलले हरायो । विश्वकपमा अमेरिकाले पहिलो पटक एकै खेलमा चार गोल गरेको हो । अमेरिकाको जितमा फोलारिन बालोगुनले दुई तथा जियोभानी रेयनाले एक गोल गर्नुभयो । अमेरिकाले अर्को गोल पाराग्वेबाट आत्मघाती उपहार पाएको थियो । पाराग्वेका लागि मौरिसियोले सान्त्वना गोल गर्नुभयो । अमेरिकाले सातौँ मिनेटमा विपक्षी डामियन बोबाडिलाको आत्मघाती गोलमा सुरुवाती अग्रता लिएको थियो । त्यसपछि बालोगुनले ३१औँ र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीको अग्रता फराकिलो बताउनुभयो । ७३औँ मिनेटमा पाराग्वेका मौरिसियोले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । तर दोस्रो हाफको इन्जुरी सकयमा रेयनाले गोल गर्दै अमेरिकालाई सजिलै जिताउनुभयो । अमेरि...
फिफा विश्वकपः क्यानडा र बोस्निया–हर्जगोभिनाबीचको खेल १–१ को बराबरीमा

फिफा विश्वकपः क्यानडा र बोस्निया–हर्जगोभिनाबीचको खेल १–१ को बराबरीमा

अमेरिका । सह-आयोजक क्यानडाले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा बोस्निया–हर्जगोभिनासँग १–१ को बराबरी खेल्दै प्रतियोगिताको सुखद सुरुआत गरेको छ। टोरन्टोमा भएको खेलमा साइल लारिनले अन्तिम समयमा उत्कृष्ट गोल गर्दै क्यानडालाई महत्त्वपूर्ण एक अंक दिलाए । घरेलु समर्थकको साथ पाएको क्यानडाले खेलको सुरुआत राम्रो गरेको थियो । तर पहिलो हाफ अन्तर्गत २१ औं मिनेटमा बोस्निया हर्जगोभिनाका जोभो लुकिचले कर्नरबाट आएको बललाई हेडमार्फत गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए । पछिल्लो हाफमा क्यानडाले आक्रामक खेल प्रदर्शन गर्‍यो । लगातार दबाब सिर्जना गरेको क्यानडाले खेलको उत्तरार्धमा बराबरी गोल निकाल्न सफल भयो । साइल लारिनले ७८ औं मिनेटमा उत्कृष्ट फिनिसिङमार्फत गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए । यसअघि क्यानडाले सन् १९८६ र २०२२ का विश्वकपमा सहभागिता जनाउँदा सबै खेल गुमाएको थियो । १९८६ मा तीनै खेल हारेक...
फिफा वर्ल्डकप शुरु, मेक्सिकोद्वारा दक्षिण अफ्रिका पराजीत

फिफा वर्ल्डकप शुरु, मेक्सिकोद्वारा दक्षिण अफ्रिका पराजीत

नेपाल । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले विजयी सुरुवात गरेको छ। मेक्सिकोको ऐतिहासिक तथा आइकोनिक एज्टेका रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकामाथि २–० को सहज जित निकालेको हो । तीन फरक विश्वकपका खेलहरू आयोजना गर्ने विश्वकै पहिलो स्टेडियमको कीर्तिमान बनाएको अज्टेका रंगशालामा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। ८० हजार दर्शकका बीच मेक्सिकोलाई जिताउन जुलियन क्विनोनेस र अनुभवी फरवार्ड राउल जिमेनेजले एक–एक गोल गरे। अत्यन्तै प्रतिस्पर्धात्मक र केही तनावपूर्ण बनेको यस खेलमा ब्राजिलियन रेफ्रीले कुल तीनवटा रातो कार्ड देखाएका थिए। खेलको सुरुवाती समयदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको मेक्सिकोले नवौं मिनेटमै अग्रता लिएको थियो। दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सले दिएको बललाई डिफेन्डरले नियन्त्रणमा लिन नसक्दा मेक्सिकोले त्यसको भरपूर फ...
शुरु हुँदै विश्वकपः उद्घाटन मेक्सिकोमा, फाइनल खेल अमेरिकामा

शुरु हुँदै विश्वकपः उद्घाटन मेक्सिकोमा, फाइनल खेल अमेरिकामा

नेपाल । फुटबलको महाकुम्भ विश्वकप विहीबार मध्यराति सुरु हुँदै छ । प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदै हुँदैछ । मेक्सिकोको प्रसिद्ध एस्ताडियो एज्तेका रङ्गशालामा घरेलु टिम र दक्षिण अफ्रिकाबिचको उद्घाटन खेल राति पौने १ बजे सुरु हुने छ। विश्वकप फुटबल तीन देशमा आयोजना हुन लागेको यो पहिलो पटक हो। यसअघि दुई देशले मात्र संयुक्त रूपमा विश्वकपको आयोजना गरेको इतिहास छ। विश्वकप २००२ को आयोजना दक्षिण कोरिया र जापानले संयुक्त रूपमा गरेका थिए। विश्वकपको अर्को संस्करण पनि तीन देशमा संयुक्त रूपमा हुने पक्का भइसकेको छ। त्यसैले सन् २०३० का आयोजकहरू पोर्चुगल, स्पेन र मोरक्कोले सूक्ष्म रूपमा यस विश्वकपको अवलोकन गर्ने छन्। ३९ दिनको प्रतिस्पर्धापछि जुलाई १९ मा अमेरिकाको न्यु जर्सीको मेटलाइफ स्टेडियममा फाइनल हुने छ। त्यस रात अमेरिकी राष्ट्रपति डोना...