अमेरिका । अमेरिकाको मध्यावधि निर्वाचनमा प्रमुख विपक्षी डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदनमा बहुमत हासिल गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारूढ रिपब्लिकन पार्टीले दुवै सदनमा बहुमत गुमाएको छ । यस परिणामसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालका लागि रिपब्लिकन पार्टीको एकल वर्चस्व अन्त्य भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकामा मङ्गलबार मध्यावधि निर्वाचन भएको हो ।
निर्वाचनको यो परिणामले राष्ट्रपति ट्रम्पले बाँकी दुई वर्षको कार्यकाल डेमोक्रेटिक पार्टीसँग मिलेर काम गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्