९ भाद्र २०८३, मंगलवार

राजनीति/समाज

संसद् बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची

संसद् बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची

नेपाल । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बस्दैछ । सोमबार अपराह्न १ सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । त्यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘...
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

नेपाल । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पङ्क्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्ने कार्यक्रम तय गरेको छ । लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनुपर्ने भएकाले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न रास्वपाले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्न लागेको हो । रास्वपाका सहमहामन्त्री असिम शाहले विज्ञप्तिमार्फत जारी गरेर भुइँमान्छेका आवाजलाई सिधै राज्यको नीतिनिर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्न यो कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभएको हो । कार्यक्रमको पहिलो चरणमा साँझ एक घण्टाको अवधि पूर्ण रूपमा आमनागरिकका लागि खुला रहने, त्यहा...
राजनीतिक अस्थिरताका हल्लाहरूलाई केवल ‘विकेन्ड स्न्याक्स’को रूपमा लिन आग्रह गरे

राजनीतिक अस्थिरताका हल्लाहरूलाई केवल ‘विकेन्ड स्न्याक्स’को रूपमा लिन आग्रह गरे

नेपाल । रास्वपाका सभापति रवि लामिछानेले देशको वर्तमान राजनीतिक वातावरण र सानातिना उतारचढावबाट नआत्तिन आग्रह गर्दै सरकारलाई सही बाटोमा डोर्‍याएर गन्तव्यमा पुर्‍याउने दाबी गरेका छन् । शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् । सरकारको कामकारबाही र राजनीतिक चर्चाबारे बोल्दै उनले बजारमा फैलिएका राजनीतिक अस्थिरताका हल्लाहरूलाई केवल विकेन्ड स्न्याक्सको रूपमा लिन आग्रह गरे । विगतका नेतृत्वलाई दोष देखाएर उम्किने पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै उनले अबको सम्पूर्ण जिम्मेवारी र उत्तरदायित्व नयाँ पुस्ताका युवा नेतृत्वले लिने बताए । त्यस्तै, निजी क्षेत्रमा देखिएको अन्योलता र त्रासप्रति लक्षित गर्दै लामिछानेले व्यावसायिक क्षेत्रलाई आतङ्कित पार्न नहुने बताए । सरकारले आफ्नो बाचाअनुसार काम गर्न नसके वा बाटो बिराएमा आफ्नै पार्टीले कान समातेर पुनः सही ट्...
पार्टीको आत्मा र आदर्श नमर्ने गरी कांग्रेसलाई एकताबद्ध बनाउँछौंः सभापति थापा

पार्टीको आत्मा र आदर्श नमर्ने गरी कांग्रेसलाई एकताबद्ध बनाउँछौंः सभापति थापा

नेपाल । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्श नमर्ने गरी कांग्रेसलाई एकताबद्ध बनाउने बताएका छन् । सर्बोच्च अदालतको पछिल्लो आदेशपछि कांग्रेस एकताका लागि संस्थापनमाथि दबाब बढिरहेका बेला थापाले आत्मा मारेर एकता नहुने बताए । भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले विशेष महाधिवेशनबाट पारित पार्टीको बिचार र आत्मा नमारीकन एकताबद्ध बनाउने बताए । उनले त्यसका लागि आजै पदाधिकारी बैठक बस्ने र भोलिबाट चल्ने केन्द्रीय कार्य समिति बैठकले आवश्यक निर्णय गर्ने प्रष्ट पारे । थापाले सबैलाई गौरव लाग्ने कांग्रेस बनाउँने भन्दै कसैले कांग्रेसको झोले होस् भन्दो छाती पिटेर म कांग्रेसको झोले हुँ भन्न सक्ने गर्विलो पार्टी बनाउने दावी गरे ।...
भारतको हिमाञ्चलमा बस दुर्घटना, आठ जनाको मृत्यु

भारतको हिमाञ्चलमा बस दुर्घटना, आठ जनाको मृत्यु

नेपाल । उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना हँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै र अन्य दश जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना हिमाञ्चल प्रदेशको राजधानी शिमलाबाट करिब ३९३ किलोमिटर उत्तरमा चम्बा जिल्लाको पाहाडी क्षेत्रमा भएको जनाइएको छ । यात्रुबहाक बसमा दुर्घटनाको समयमा १८ जना सवार रहेको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ । यसैबिच, हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण १८५ वटा सडक बन्द भएको जनाइएको छ । राज्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार जुन(३० मा मनसुन सुरु भएदेखि हिमाञ्चल प्रदेशमा १४३ जनाको मृत्यु भएको थियो । ती मध्ये ६५ जनाको वर्षासँग सम्बन्धित घटनामा मृत्यु भएको थियो भने ७८ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो ।...
रास्वपाकै सांसदहरुले आलोचना गर्न थालेपछि मध्यरातमा प्रधानमन्त्री बालेनको भावुक स्टाटस

रास्वपाकै सांसदहरुले आलोचना गर्न थालेपछि मध्यरातमा प्रधानमन्त्री बालेनको भावुक स्टाटस

नेपाल । रास्वपाका सांसदले संसद्मै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार राति भावुक अभिव्यक्ति दिएका छन् । शुक्रबार राति ११ बजेर ६ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने भन्दै आम नागरिकलाई नआत्तिन आग्रह गरेका छन् । उनले आफूले सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुन सक्ने उल्लेख गर्दै अहिलेको परिस्थितिमा धैर्य गर्न आग्रह गरेका छन् । ‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ,’ उनले लेखेका छन् । प्रधानमन्त्री शाहले आफूले कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउन सक्ने संकेतसमेत गरेका छन् । ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलोचोटि होइन,’ उनले भनेका छन् ।...
प्रगति विवरण: २१ वटा मन्त्रिपरिषद् बैठकबाट ३८४ वटा निर्णय

प्रगति विवरण: २१ वटा मन्त्रिपरिषद् बैठकबाट ३८४ वटा निर्णय

नेपाल । सरकारले शासकीय सुधारमा जोड दिँदै आफ्ना सय बुँदे कार्यसूचीको कार्यान्वयनलाई निरन्तरता दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक प्रगति विवरण अनुसार सरकारले सुशासन, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन र कानुनी प्रतिरक्षालगायतका क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ। यस अवधिमा बसेका २१ वटा मन्त्रिपरिषद् बैठकबाट ३८४ वटा निर्णय हुनुका साथै मन्त्रिपरिषद्‍का विभिन्न समितिका ८ बैठकले १२ निर्णय गरेका छन्। साथै, जेन्जी आन्दोलनपछिको सेवा प्रवाह प्रभावकारी बनाउन सचिवस्तरीय बैठकहरू आयोजना गर्दै कार्यालय प्रमुखहरूलाई अनियमितता र ढिलासुस्ती हटाउन निर्देशन दिइएको छ। यस अवधिमा कुल वित्तीय प्रगति पुँजीगततर्फ ६८.२६ प्रतिशत र चालूतर्फ १७.०७ प्रतिशत भएको छ। शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको बुँदा नं. ३ बमोजिम तयार पारिएको 'राष...
सरकारले देशलाई उत्तर कोरियाको पथमा लैजान खोजेको आरोप

सरकारले देशलाई उत्तर कोरियाको पथमा लैजान खोजेको आरोप

नेपाल । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकारले देशलाई उत्तर कोरियाको पथमा लैजान खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सरकारको नियतमा खोट भएको टिप्पणी गरे । उनले युवाहरूलाई विदेश जान रोक्न सरकारले नसकेको बताए। आफ्नो ५६ वर्षको अनुभव सुनाउँदै मधेस वा थारुहट आन्दोलनमा सधैँ गोली चलेको बताए ।...
एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा ‘डिजिटल’ बनाउने

एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा ‘डिजिटल’ बनाउने

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा ‘डिजिटल’ बनाउने भएको छ। पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत राजधानी प्रदेश कमिटीद्वारा पार्टी मुख्यालय च्यासलमा आयोजित सदस्यतासम्बन्धी कार्यशालामा यो योजना सार्वजनिक गरिएको हो। जनतासँगको सम्बन्ध थप सुदृढ गर्ने र सङ्गठनलाई तल्लो तहसम्मै गतिशील बनाउने उद्देश्यले यो कदम चालिएको हो। कार्यशालामा बोल्दै पार्टी सचिव डा राजन भट्टराईले डिजिटल प्रणालीको भरपुर उपयोग गरिने बताएका छन्। पार्टीको विवरण, साङ्गठनिक अवस्था, सूचना, प्रतिवेदन र जनसम्पर्कलाई डिजिटल माध्यमबाटै अघि बढाउन पार्टी पंक्तिलाई प्रेरित गरिने उनको भनाइ छ। त्यस्तै, अर्का सचिव भानुभक्त ढकालले पार्टीका सदस्यता तथा अन्य महत्त्वपूर्ण दस्तावेजहरूलाई प्राकृतिक एवं अन्य सङ्कटबाट जोगाउन र काम कारबाहीलाई थप चुस्तदुरुस्त बनाउन सदस्यता प्रणालीलाई डिजिटल...
हङकङबाट शेरबहादुर देउवा साउन २६ गते नेपाल फर्किने

हङकङबाट शेरबहादुर देउवा साउन २६ गते नेपाल फर्किने

नेपाल । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते नेपाल फर्किने भएका छन्। कांग्रेस नेता डा. प्रकाशशरण महतले हङकङमा रहेका देउवा २६ गते स्वदेश आउने तय भएको जानकारी दिए। २६ गते राति ९ः४५ मा उनी काठमाडौँ अवतरण गर्ने जनाइएको छ। देउवा २०८२ फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । चैत ७ गते सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए।...