नेपाल । रास्वपाका सभापति रवि लामिछानेले देशको वर्तमान राजनीतिक वातावरण र सानातिना उतारचढावबाट नआत्तिन आग्रह गर्दै सरकारलाई सही बाटोमा डोर्याएर गन्तव्यमा पुर्याउने दाबी गरेका छन् ।
शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।
सरकारको कामकारबाही र राजनीतिक चर्चाबारे बोल्दै उनले बजारमा फैलिएका राजनीतिक अस्थिरताका हल्लाहरूलाई केवल विकेन्ड स्न्याक्सको रूपमा लिन आग्रह गरे । विगतका नेतृत्वलाई दोष देखाएर उम्किने पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै उनले अबको सम्पूर्ण जिम्मेवारी र उत्तरदायित्व नयाँ पुस्ताका युवा नेतृत्वले लिने बताए ।
त्यस्तै, निजी क्षेत्रमा देखिएको अन्योलता र त्रासप्रति लक्षित गर्दै लामिछानेले व्यावसायिक क्षेत्रलाई आतङ्कित पार्न नहुने बताए ।
सरकारले आफ्नो बाचाअनुसार काम गर्न नसके वा बाटो बिराएमा आफ्नै पार्टीले कान समातेर पुनः सही ट्र्याकमा ल्याउने सामर्थ्य राख्ने उनको भनाइ थियो । सरकार बनेको चार महिना मूल्याङ्कनका लागि पर्याप्त नभए पनि प्राप्त सल्लाह र सुझावलाई मनन गर्दै अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्